सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत QR Code बाट भुक्तानीगर्दा क्यासब्याकको प्राप्तगर्न सक्नुहुनेछ ।
यो योजना२०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग QR स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २% वाअधिकतम रु २० तथा मासिक अधिकतम रु. ५०० सम्मको क्यास ब्याकप्राप्तगर्न सक्नुहुनेछ । क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।
ग्राहकहरुले playstore/appstore बाट सानिमा सजिलो ई बैंकिङ्गएप डाउनलोड गरी नजिकैको शाखा बाट कारोबार सुचारु गर्न सक्नुहुनेछ। सानिमा बैंकको देशभर सातै प्रदेशमा गरी १२३ वटा कार्यालय तथा १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।