सुनाखरी न्युज/ काठमाडौं । अभिनेता पल शाह आइतबार प्रहरीसमक्ष हाजिर हुने भएका छन् । उनले सामाजिक सञ्जालबाट आफू प्रहरीसमक्ष हाजिर हुन लागेको जानकारी दिएका छन् ।
पलले आफूले घरको व्यवहार मिलाउनु पर्ने भएकाले, चलचित्रको रिलिजको समयमा समस्या नहोस् भनेर र स्वास्थ्य अवस्था बिग्रिएका कारण केही दिन प्रहरीसमक्ष जान नपाएको भन्दै माफी पनि मागेका छन् ।