२०८१ आश्विन १२ , शनिवार

नेपालको छवि र प्रतिष्ठा बचाउन सरकार सफल : कांग्रेस नेता गिरी

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका आदरणीय पार्टी सभापति शेर बहादुर देउवाको यात्रा- अब सर्वमान्य र सर्वस्विकार्य नेताको बाटोमाअगाडि बढेको धारणा व्यक्त गर्नु भएको छ ।

 

संसदीय मामिला पत्रकार समाजका वरिष्ठ सदस्य समेत रहेका पत्रकार एबं कांग्रेस पुर्ब केन्द्रीय सदस्य किरण गिरीले संसद बाट MCC प्रस्ताव ब्याख्यात्मक टिप्पणी सहित पारित भए लगत्तै एउटा रेडियो अन्तरबार्तामा – गठबन्धनमा बिकास परियोजना MCC अनुमोदनको निर्णय गराउन सफल भएर प्रधानमन्त्री तथा आदरणीय सभापति देउवाले बर्तमान नेपालको राजनीतिमा अभाव रहेको राजनेता एबं अभिभावकको अभाव पूरा गर्नु भएको धारणा राख्दै गत बर्ष तत्कालीन नेकपाबाट सिर्जित राजनैतिक र संबैधानिक प्रतिगमनलाई सबै दलहरुको अभिभावक भएर प्रधानमन्त्री तथा आदरणीय सभापति देउवालेनै परास्त गर्दै समाधानको नेतृत्व दिनुभएको थियो कुरा बताउनु भएको छ ।

 

सबैखाले परिवर्तन र उपलब्धिको नेतृत्व कर्ता नेपाली कांग्रेस, सबै संकटको समाधान अनि मुलुक र जनता भरपर्दो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भन्ने कुरा फेरि एक पटक पुष्टि भएको छ भन्नुहुदै अन्तरबार्ता कै दौरानमा कांग्रेस नेता एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरी भन्नुहुन्छ – ” प्रधानमन्त्री तथा नेपाली कांग्रेस का आदरणीय सभापति देउवामा देशले आँखा चिम्लिएर भर पर्नसक्ने नेतृत्व शिखर ब्याक्तित्व निर्माण भएकोमा हामी कांग्रेस र कांग्रेसी जनहरु अत्यन्त हर्सित र गौरवान्वितछौँ ” ।

 

बिकास परियोजना MCC ब्याख्यात्मक टिप्पणी सहित संसदबाट अनुमोदन भएकोमा नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं वरिष्ठ पत्रकार किरण गिरी भन्नुहुन्छ – नेपालको गरिमा र छबि अन्तर्राष्ट्रिय स्तरमा बिश्वासिलो बनाउन सफल सार्बभौमसत्ता सम्पन्न हाम्रो संसद , नेपाली कांग्रेस पार्टी र प्रधानमन्त्री एबं सभापति शेरबहादुर देउवा , नेपाल सरकार , सत्तारुढ गठबन्धन राजनीतिक दल , बिकास र समृद्धि प्रति सदा दृढ प्रतिबद्ध नागरिक समाज , राज्यको चौथो अंग प्रेस ( आम संचार माध्यम ) , आदरणीय पत्रकार मित्रहरू लगायत सबै सबैमा हार्दिक बधाई र आभार प्रकट गर्दछु । फेरि एक पटक प्रमाणित भएको छ ” सबै अट्ने देश , सबैलाई जोड्ने कांग्रेस ” । जय नेपाल ।