२०८१ पुष ७ , आइतवार

एमडब्ल्यूसी २०२२मा हरित प्रविधिहरु प्रदर्शन गर्ने तयारीका क्रममा ओपोद्वारा आफ्ना नविनतम उपलब्धिहरु अनावरण

सुनाखरी न्युज/ काठमाडौँ । बार्सिलोना मोबाइल वल्र्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२को पूर्वसन्ध्यामा, ओपोले २०२१ ओपो सस्टेनेबिलिटी रिपोर्ट अनावरण गरेको छ । यस मार्फत आफ्ना समग्र उत्पादनहरुको जीवनचक्रमा दिगोपन र पर्यावरण मैत्री अवधारणाहरु एकिकृत गर्दै कम्पनीका उपलब्धिहरुको विवरण दिँदै ओपोले आफ्नो ब्राण्ड मिशन “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड”लाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ ।

 

अन्तर्राष्ट्रिय मान्यता प्राप्त “३आर+१डी” सस्टेनेवल प्याकेजिङ सिद्धान्तहरुको पालना गर्न ओपो प्रतिबद्ध छ । यस अन्तर्गत प्याकेजिंगका लागि लाग्ने वजनमा न्यूनिकरण, रिसाइकल्ड सामग्रीको पूणःप्रयोग तथा आफ्नो प्याकेजिङका लागि रिसाइक्लेवल तथा बायोडिग्रेडेवल सामग्रीको प्रयोगलाई कम्पनीले प्रोत्साहन गर्दै निरन्तर्ता दिई रहेको छ । सन् २०२१मा युरोपेली बजारबाट सुरुवात गर्दै ओपोले सन् २०१९ लेभल१का तुलनामा आफ्ना स्मार्टफोन उत्पादनका लागि प्याकेजिङमा प्रयोग हुने सामग्रीको मात्रामा २४% कटौती ल्याउन सफल भएको छ । यसमा पनि करिव ४५% प्याकेजिङका लागि रिसाइकल्ड फाइबरको प्रयोग गरिएको थियो । त्यसैगरी, सन् २०१९देखि स्मार्टफोनको प्याकेजिङका लागि प्रयोग हुने समग्र प्लास्टिकमा ९५%ले कटौती ल्याउन ओपो सफल भएको छ ।

 उत्पादनको टिकाउपना बढाउने उद्देश्यका साथ ब्याट्रीको आयू लम्ब्याउन ओपोले स्व–विकसित ब्याट्री हेल्थ ईञ्जिन सार्वजनिक गरेको छ । यस नवप्रबर्तनात्मक प्रविधि मार्फत ब्याट्रीको क्षमता १६०० चार्जिङ तथा डिस्चार्जिङ साइकल पश्चात पनि ८०%को हाराहारी उच्च बिन्दुमा कायम राख्न सकिन्छ ।

 स्थानिय तथा अन्तर्राष्ट्रिय बजारमा मोबाइल फोनको रिसाइक्लिङ तथा पूणः प्रयोग प्रबद्र्धन गर्न ट्रेड–इन सेवाका लागि ओपोले प्रडक्ट रिसाइक्लिङ प्रणालीको स्थापना गरिसकेको छ । यस योजना अन्तर्गत आजका मिति सम्म आइ पुग्दा चीनमा मात्रै १.२ मिलियन फोन्स रिसाइकल्ड गरिसकिएको छ । यो भनेको विद्युतिय रद्दि अन्तर्गत २१६ टन भन्दा बढी हो ।

दिगोपनानको प्रबद्र्धनका लागि ओपोले आफू लगायत अन्य पार्टनर्ससंगपनि नजिकरही कार्यहरु अघि बढाइरहेको छ :
लगातार २ बर्षका लागि ओपोले नेशनल जियोग्राफिकसंग लोपोन्मुख प्रजातीको सुरक्षामा सघाउन ओपो इन्ड्यान्जर्ड कलर क्याम्पेन मार्फत पार्टनरशिप गरेको थियो ।

 

ओपो, इको रेटिङ लेबलिङ योजनामा सहभागी भइ राम्रो प्रदर्शन गर्ने पहिलो मध्यकै एक कम्पनी हो । अग्रणी यूरोपेली मोबाइल अपरेटर्सद्वारा मोबाइल फोन्सको पर्यावरण मैत्रीपना मापनका लागि सञ्चालनमा ल्याइएको यो योजना अन्तर्गत स्थायित्व, मर्मत योग्यता, पूनःप्रयोग योग्यता, जलवायु र कार्य दक्षता गरी ५ महत्वपूर्ण क्षेत्रमा उत्पादनको मापन गरिन्छ । वातावरण संरक्षणमा आफ्ना प्रयासहरु बाहेक, ओपोले दिगो विकासमा योगदान पु¥याउने उद्देश्यका डिजिटल समावेसिता , हेल्थ एण्ड वेलबिइंग तथा युवा सशक्तिकरण लगायत प्रमुख क्षेत्रमा विशेष प्राथमिकताका साथ विभिन्न कार्यहरु गरिरहेको छ ।

 

यस महिनाको अन्त्यमा बार्सिलोनामा “शेप दि फ्युचर” थिमका साथ आयोजना गरिने मोबाइल वल्र्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२मा सहभागिता जनाइ आफ्ना नवप्रबर्तनात्मक मोबाइल प्रविधिहरु, एआर र फाइभजी अन्तर्गतका सफलता र दिगोपना अन्तर्गतका नवप्रवर्तनहरु प्रदर्शित गर्नेछ । एमडब्ल्यूसी बार्सिलोनामा फेब्रुअरी २८देखि मार्च ३ सम्म हल थ्री, फिरा ग्रानमा ओपो बुथ ३एम१० मार्फत ओपोले आफ्नो सहभागिता जनाउने जानकारी दिएको छ । फेबु्रअरी २८को ३ बजे (सेन्ट्रल युरोपियन टाइम) ओपोेले एक किनोट प्रस्तुतिको पनि आयोजना गर्नेछ । प्रत्यक्ष आगन्तुकले बुथ मार्फत र प्रत्यक्ष सहभागिता जनाउन असमर्थ ईच्छुकले ओपोको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारणपनि हेर्न सकिने ब्यवस्था मिलाइएको छ ।