२०८१ पुष ११ , बिहिवार

कामना सेवा विकास बैंकद्वारा थप ३ वटा स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

सुनाखरी न्युज/ काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

 

बैंकले सेवाविस्तार गर्ने क्रममामिति २०७८ सालफागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नं. ८, अर्घाखाँची जिल्लाको सितगंगान.पा. वडा नं. २,सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नं ७ राम बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। देवदह न.पा. मादेवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगान.पा.मा सचिन मोबाइल सेन्टर (प्रो. सचिनबोहोरा) र मध्यनेपाल न.पामाइशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

 

देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन, र देवदह न.पा. वडा नं ८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमासितगंगा न.पा. वडा नं. २ का वडा अध्यक्ष्य गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बैंकका संस्थापक हरु, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्न,निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदानगरिनेछ । यो सेवा बाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।