२०८१ पुष ११ , बिहिवार

एनएमबिका ग्राहकहरुलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

सुनाखरी न्युज/ काठमाडौँ । एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ ।

 

सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो । उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ ।

 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख  रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गर्नुभयो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धिथप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।