सुनाखरी न्युज/ काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको सञ्चालक समितिको १०१६औं बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
कर्पोरेशन सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएपछि रिक्त रहेको पदमा श्रेष्ठलाई जिम्मेवारी दिइएको कम्पनीका प्रबन्धक एवम् कम्पनी सचिव उमेश कुमार ओझाले जानकारी दिए । २००२ साल मङ्सिर २४ गते पाल्पाको तानसेनमा जन्मिएका कल्याण गोविन्द श्रेष्ठ साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा बोर्ड सदस्य थिए ।
सेवालाई नै धर्म मानेर कम नाफा गर्ने कम्पनीका रूपमा रहेको अर्धसरकारी संस्थान साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई अझ प्रभावकारी सेवा प्रवाहको पहिचान दिलाउने उद्देश्यसहित १६ वर्षअघि कर्पोरेशनमा लगानी गरेका श्रेष्ठ सोही बेलादेखि बोर्ड सदस्य रहँदै आएका थिए । यसअघि कम्पनीका अध्यक्ष लक्ष्मीदास मानन्धर थिए। उनको निधनपछि अध्यक्ष पद रिक्त थियो।