२०८१ आश्विन १३ , आइतवार

विश्वभर ४३ करोड ६९ लाखभन्दा बढी कोरोना संक्रमित, कुन देशमा कति छन् ?

सुनाखरी न्युज/ काठमाडौं ।

बेइजिङ / जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची सार्वजनिक गरेको छ ।

 

उक्त सूचीका अनुसार हाल विश्वभर ४३ करोड ६९ लाख ७३ हजार ८६३ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा बढी अमेरिकामा ७ करोड ९० लाख ४५ हजार ४३, भारतमा ४ करोड २९ लाख २४ हजार १३० जना, ब्राजिलमा २ करोड ८७ लाख ९६ हजार ५७१ जना र फ्रान्समा २ करोड २८ लाख ७७ हजार ९२६ जना कोरोना संक्रमित रहेका छन् ।

 

त्यस्तै, बेलायतमा १ करोड ९० लाख २१ हजार ७६ जना, रुसमा १ करोड ६१ लाख ६१ हजार ५९६ जना, जर्मनीमा १ करोड ४९ लाख १२ हजार ६२६ जना, टर्कीमा १ करोड ४० लाख ८९ हजार ४५६ जना रइटालीमा १ करोड २७ लाख ८२ हजार ८३६ जना कोरोना संक्रमित रहेको युनिभर्सिटीले जनाएको छ । न्युज एजेन्सी