सुनाखरी न्युज/ काठमाडौं ।
नर्भिक इन्टरनेशनल अस्पताल अन्र्तगतको नर्भिक ‘आइभिएफ सेन्टर’ले नारी दिवसको अवसरमा यही फागुन २१ गते (शनिवार) निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
रिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले शनिवार बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ । बाँझोपनको समस्या बढ्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने स्वास्थ्य शिविर गर्न लागिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए ।
साथै, टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटकोसमेत व्यवस्था गरिएको मिश्रले बताए । बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ ।