२०८१ आश्विन ६ , आइतवार

विप्लव र भीम रावलबीच भेटवार्ता, एमसीसीविरुद्ध एकताबद्ध भएर संघर्ष गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान विप्लव आफ्ना पार्टीका नेता खड्कबहादुर विश्वकर्मासँग नेता रावललाई भेट्न उनै निवास पुगेका हुन् ।

 

तीने नेताबीचको भेटवार्तामा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा कुरा भएको बताइएको छ । एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षा लागि एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।

 

यसअघि विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता गरेका थिए ।