२०८१ आश्विन ६ , आइतवार

संसद अबरोध अन्त्य गर्न सत्ता गठबन्धनको एमालेलाई आग्रह

सुनाखरी न्युज/ काठमाडौं । सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले सो आग्रह गरेको हो ।

 

चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो । लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेको बताउनुभयो ।

 

बैठकमा प्रतिनिधिसभा संसदको बैठकबाट अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना अनुमोदन भएपश्चात् सत्ता गठबन्धनको बैठक पहिलो पटक बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका सबै शीर्ष नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले बताउनुभयो ।