२०८१ आश्विन १२ , शनिवार

त्रिवि सेवा आयोगको परीक्षा सञ्चालन गर्न अनेरास्ववियुको आग्रह

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ ।

 

सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारत समयमै उपप्राध्यापक र अरू पदको परीक्षा सञ्चालन गर्न माग गरेको छ । अध्यक्ष सुनिता बरालले बिहीबार एक विज्ञप्ति जारी गरी खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी गरी सेवा आयोगको काम कारबाहीलाई प्रभावित गर्नु प्राज्ञिक क्षेत्रको अप्राज्ञिक कार्य भएको उल्लेख गरेकी छन् ।

 

अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ, ‘तर, त्रिवि मा त्यही कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्टा हो ।’ अनेरास्ववियुले कुनै डर, त्रास र दबावमा नगरी स्वच्छ ढंगले परीक्षा सञ्चालन गर्न सेवा आयोगलाई आग्रह गरेको छ ।