२०८१ असार २३ , शनिवार

मिर्गौला रोगीले शनिबार नर्भिकमा फ्री ओपीडी सेवा पाउने

सुनाखरी न्युज/ काठमाडौँ । फागुन २१ गते शनिबार (भोलि) नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। यो दिन प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो।

 

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९:३० बजेदेखि ११:३० बजेसम्म(२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ। मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन्।

 

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ। कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान गत सातादेखि पुनः सुरु भएको थियो।