२०८१ आश्विन १३ , आइतवार

स्थानीय निर्बाचन तयारी कै सन्दर्भमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ द्वारा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौँ । स्थानीय निर्बाचनको तयारीका सन्दर्भमा नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं.९ कार्यसमिति द्वारा फाल्गुन – २० , २१ र २२ गते भक्तपुरको नगरकोटमा तिनदिने आबाशिय प्रशिक्षण कार्यक्रम आज प्रारम्भ भएको छ ।

 

नेपाली कांग्रेसको सो प्रशिक्षण कार्यक्रममा Leader ship Development , नेपाली कांग्रेसको नीति, सिदान्त, संगठन बिस्तार र चुनाबी रणनीति सम्बन्धि प्रशिक्षण सप्पन्न हुदै । स्थानीय तह उम्मेदवार छनौट प्रक्रिया , नेपालका कम्युनिस्टहरुको छबि र रणनीति तथा नेपाली कांग्रेस को लक्ष्य र उधेश्य संघीय लोकतान्त्रिक गणतन्त्र र बहुलबादमा आधारित राजनीतिक प्रणाली बारे नेपाली कांग्रेस केन्द्रीय तहाका नेता तथा ७५ जना क्षेत्रीय स्तरका नेता तथ!कार्यकताहरुको सहभागिता रहेको थियोे । प्रशिक्षकहरु सहमहामन्त्री लक्ष्मी उपाध्याय डिना , केन्द्रीय सदस्य माननीय सांसद मीन बिश्वकर्मा ,केन्द्रीय सदस्य प्रदीप पौडेल द्वारा प्रशिक्षण दिने काम सम्पन्न भएको थियोे ।

 

नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं.-९ का क्षेत्रीय सभापति जयकृष्ण महर्जन को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानू बास्तोला , महासमिति सदस्य एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरी ,महाधिवेशन प्रतिनिधिहरु धर्मराज गौतम , कल्याणी खडका , रिता दवाडी , गौरी प्रसाद दवाडी , उज्ज्वल बज्राचार्य , नेपाली कांग्रेस स्थानीय तहका नेताहरू उज्ज्वल दुवाडी , देबेन्द्र गिरी , बिश्वकर लामा लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। यो कार्यक्रम अत्यन्तै उपयोगी , समसामयिक र सान्दर्भिक भएको जानकारी प्रशिक्षण नगरकोट बाट नेपाली कांग्रेसका महासमिति सदस्य एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले दिनु भएको छ ।

प्रशिक्षण स्थल नगरकोट बाट केन्द्रीय प्रशिक्षक प्रशिक्षणका सहभागी एबं किरण गिरी भन्नुहुन्छ :-
घर घरमा जाऔं , कांग्रेस जिताऔं , अभियान लाई कांग्रेसले चैत्र पहिलो हप्ता बाट ६७४३ वडामा संचालन गर्ने तयारी भैरहेको छ ।
नेपाली कांग्रेस ले आगामी बैशाख -३० गते हुन गैरहेको स्थानीय निर्बाचन तयारीका लागी चैत्र पहिलो हप्ता बाट देश भरका ७५३ वटा पालिकाको ६७४३ वडामा ” घर घरमा जाऔं , कांग्रेस जिताऔं भन्ने अभियान प्रभावकारी रूपमा संचालन गर्ने भएको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले बताउनु भयो :-
कांग्रेस कै नेतृत्वमा शान्ति र संबिधान ।
कांग्रेस कै नेतृत्वमा समृद्धि र सुशासन ।
कांग्रेस कै नेतृत्वमा सबैखाले अन्यौलताको समाधान ।
फेरि कांग्रेस कै नेतृत्वमा तिनैतहको निर्बाचन ।

घर घरमा जाऔं , कांग्रेस जिताऔं ” अभियानमा सरिक हुन नेपाली कांग्रेसका करिब ९ लाख क्रियाशील सदस्य लाई नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य गिरीले आह्वान समेत गर्नुभएको छ । प्रजातन्त्र हुदै नेपाली जनताको आन्दोलन र चाहना बाट स्थापित आजको संघीय लोकतान्त्रिक गणतन्त्र बर्तमान नेपाल को उत्कृष्ट राजनीति प्रणाली हो । सार्बभौम जनता को सहभागितामा सम्पन्न हुने आबधिक निर्बाचन लोकतन्त्र को सुन्दर र अपरिहार्य पक्ष हो । आगामी बैशाख -३० गते स्थानीय निर्बाचन हुदै हामी तिनैतहको निर्बाचन गर्न गैरहेका छौ , उहाले स्पष्ट पार्नु भएको छ ।

 

आफ्नो राजनीतक यात्रा , अडान र दृष्टिकोण प्रति सदा प्रतिबद्ध । सबै खाले पेचिलो राजनीति लाई चिर्दै अब नेपाली कांग्रेस स्थानीय संगठन ले चुनावी कार्यतालिका सहित जरुरी कार्यक्रम थालनी गर्नु जरुरी भैसकेको छ कुरा समेत नेपाली कांग्रेस महासमिति सदस्य एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले बताउनु भयो :-
(१) फागुन महिना को दुई हप्ता नेपाली कांग्रेस पार्टी जनजनमा बुझाउने कार्यक्रम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वडा वडामा गर्नु पर्दछ ।
(२) चेत्र एक महिना चुनाब कसरी जित्ने भनेर रणनीतिक , नितिगत टिप्सहरू सिकाउने र स्थानीय निकाय निर्बाचन जागरण अभियान वडा वडामा लैजानु जरुरी छ ।
(३) बैशाख महिना तीन हप्ता घरघरमा मिटिङ्ग, प्रतिपक्ष माथि सैद्धान्तिक, बैचारिक र कार्यक्रम गत प्रतिबाद गर्ने , आफ्नो एजेण्डा र कार्यक्रम स्थापित गरेर मतदातालाई बिश्वासमा लिने काम गर्नु पर्ने र कांग्रेस लाई मतदान गर्न प्रचारप्रसार कार्यलाई घरघरमा पुर्‍याउने ।
(४) बैशाख को अन्तिम हप्ता मतलाई आफ्नो पक्षमा परिणत गराएर सुरक्षित राख्ने ।
(५) बैशाख – ३० गते आफ्ना मतदाताहरु लाई सहज रुपमा मतदान स्थलमा ल्याउने र पहिलो चरणमा रुख 🌳 चिन्हमा मतदान गराउने र सबै वडा अनि पालिकाहरुमा अत्याधिक बहुमतले नेपाली कांग्रेस लाई बिजय गराउने । सबल , सक्षम र निर्बाचित कांग्रेस ले नै नेपाल लाई समृद्धि तर्फ डोर्‍याउन सक्दछ भन्नुहुदै नेपाली कांग्रेस महासमिति सदस्य एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले नेपालको बिकास र समृद्धि का लागी नेपाली कांग्रेस भुमिका र हैसियत सबै तहमा निर्णायक हुनु जरुरी रहेको कुरा बताउनु भएको छ ।