२०८१ मंसिर ७ , शुक्रवार

फेब्रुअरीमा पनि शीर्ष स्थानमा टाटा नेक्सन

सुनाखरी न्युज/ काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्षस्थानमा पर्न सफल एसयुभी भएको छ । टाटानेक्सन भारतमा सर्वाधिक बिक्रीभएको एसयुभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयुभी लाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।

 

टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकी लाई पछाडी पार्दै आफू शीर्षस्थानमा हुन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयुभी बिक्री गरेको छ । भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । टाटालेसन् २०२१ को फेब्रुअरीमा भने जम्मा ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो । प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको एसयुभी हो । नेक्सनको बनावट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सब (फोरमिटर सेग्मेन्टमा पावरफुल १.२ लिटरट र्बोइन्जिन जडित भएकाकारण धेरैको रोजाइमा पर्न सफल छ । साथै, नेक्सन टाटा मोटर्सका निकै सुरक्षित कारहरु मध्ये पर्दछ ।

 

फेब्रुअरीको बिक्री तथ्यांक अनुसार नेक्सन पछि दोस्रो स्थानमा १० हजार २१२ वटा हुन्डाईको भेन्यू बिक्रि गरेर परेको छ। जुन भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो । यस बाहेक फेब्रुअरीमा सबै भन्दा धेरै बिक्री हुने एसयुभी मध्ये चौथो स्थानमा टाटा पन्च परेको छ। टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गर्यो । कम समयमै ग्राहकहरुको मन जितेर युवा देखि वृद्धसम्म सबैको रोजाईमा पर्दै आइरहेको यो एसयुभी सुरक्षाको मामिलामा फाइभ स्टार रेटिङ्ग पाउने उत्कृष्ट गाडीमा पर्न सफल भएको छ। यस पछि पाँचौ स्थानमा परेको मारुती ब्रेजाले फेब्रुअरीमा ९ हजार २५६ वटा बिक्री गरेको छ । त्यस्तै, गत महिनामा मात्रै ६ हजार ५७५ वटा सेल्टस बिक्री गरेको किया सर्वाधिक बिक्री हुने सूची को छैंटो स्थानमा परेको छ।

 

सर्वाधिक बिक्री हुने मध्ये सातौं स्थानमा कियाको सोनेट परेको छ। कियाको सोनेट ६ हजार १५४ वटा बिक्री भएको हो। सन् २०२१ को सोही महिनामा ७ हजार ९९७ वटासोनेटबिक्रीभएकोतुलनामायो २३ प्रतिशतले कम हो। त्यसैगरी, आठौं र नवौं स्थानमा महिन्द्राको थार र एक्सयुभी ३०० परेको छ। कम्पनीले ५ हजार ७२ वटाथार र ४ हजार ५११ वटा एक्सयुभी ३०० बिक्री गर्यो। सन् २०२१ को सोही महिनाको तुलनामा थारको बिक्रीदर ७८.४ प्रतिशतले बढेको हो भने एक्सयुभी ३०० को बिक्रीदर ४२ प्रतिशतले बढेको छ । फेब्रुअरीमा सर्वाधिक बिक्री हुने दश गाडीको अन्तिममा अर्थात्दशौं स्थानमा महिन्द्राको एक्सयुभी ७०० परेको छ। बिगतका केहि महिना लगातार टाटामोटर्सले आफ्नो स्थान मजबूत गर्दै अन्य गाडीहरु पनि शिर्ष स्थानमा पुर्याउदै लगेको छ ।