२०८१ पुष ११ , बिहिवार

मित्रजन फोटो नहेर्नुस, स्किप नगरी पढेर जानुस, अनि यसपाली सोच्नुस

🙏 अशोक तिवारी – पहिलो घटना – कुनै कार्यक्रम मा गगन थापा ले भन्दै थिए , मञ्च मा भाषण गर्र्दै नेता ले भने हामिले वृद्ध भत्ता बढाएर यती बनायौ अब को चुनाब मा हामिलाई जिताउनुस अर्को वर्ष फेरि वृद्धि गर्छौ ,2 परर युवा ले ताली बजाय तर सोधेनन नेता ज्यु राज्ज को ढुकुटी मा त पैसा छैन भनेको हैन कहाँ बाट पैसा ल्याएर वृद्ध भत्ता बढाउनु हुन्छ ? मेरो भाई कतार देखी फर्किदैछ अब यहाँ उसले रोजगार पाउँछ की पाउँदैन ! मेरो दिदी चार वर्षपछि कुबेत मा केयर गिभर को काम गरेर नेपाल आउँदै छिन् के अब उनले यहाँ नर्सिङ को काम पाउने की नपाउने ?

 

दोस्रो घटना – कुनै कार्यक्रम मा माओ का , कार्ल माक्स का सिद्धान्त बोकेका महान कम्युनिष्ट प्रचण्ड कुर्लदै थिए नेता खराब हैन जनता खराब हुन् , अल्छी हुन् , चोर हुन् , लोभ गरेर , आशा गरेर नेता को पछी लाग्छन , नेता नराम्रो हैन जनता नराम्रो हुन् । यी कुरा को ब्याख्या मैले गर्न चाहिन नेपाली जनता पढे लेखेका छन , बुद्धिमानी छन , बिबेकशिल छन आफै बुझुन र ब्याख्या गरुन र सक्छन भने बिगतमा भएका गल्ती को आत्मलोचना गरेर यो दुई कुराको आत्मसाथ गरुन । यती भन्छु यी दुई पात्र ले उठान गरेका कुरा सत प्रतिशत साँचो हो , यदी उनिहरुले भनेका कुरालाई अब का मितिमा हामिले मुल मुद्धा बनाई अघि बढ्ने हो भने नेपाल मा राजनितिक सुधार पनि हुन्छ र असल नेतृत्व पनि जन्मन्छन ।

 

हामिले भोट त राम्रा लाई नै दिएका हौं तर गलत कहाँ भयो भन्दा हामिले हाम्रा नेता लाई प्रश्न नगर्नु र उनिहरुले गरेका हर कुरालाई ईश्वर को आदेश मानेर स्विकार गर्नु । अब समाधान मा आउँनत , हामिले खाने तेल त किनेर खान्छौ नि तर हामी आम जनता लाई थाहा छ त अहिले हामिले बजार मा रु. दुई सय पचपन्न प्रति लिटर किनेको तेल को लागत मूल्य कति हो ? सरकार ले ९३ प्रति लिटर किनेको पेट्रोल १५० मा किन्दा नि किन घाटा भनेर आवाज उठाउँदा हामिले कहिल्यै प्रश्न गरेयौ की हामिले २५० मा किन्ने खानेतेल को लागत कति हो ब्यापारी ले कति नाफा खाको छ ? न सय मा उत्पादन गरेर १५० पो नाफा खा को छ की , राज्य को हर चुल्हो संग सम्बन्ध राख्ने उपभोग का सामान ले जनता लाई कुन हदसम्म प्रभाब पारेको छ भनेर हामिले हाम्रा नेता लाई हाम्रा जनप्रतिनिधि लाई सोधेका छौ ? अनि गगन थापा ले भनेको सही हैन की हामिले परर ताली बजायौ प्रश्न गरेनौ ।

 

 

चुनाब आउँदैछ , राज्य ले अर्बौ को खर्च गर्छ , नेताले करोडौं । सिधा हिसाब राज्य ले त जनता संग उठाउने कर ले , विदेश बाट आउने रेमिट्यान्स ले , तथा अन्य स्रोत ले चुनाब गराउला तर काङ्रेस , एमाले , माओबादी , समाजबादी जस्ता बिसौ दलका सयौ नेता को चुनाब खर्च कस्ले दिन्छ ? तिनका पुर्खा ले त थुपारेर राखिदीएको छैन होला , करोडौं पैसा खर्च गर्ने आम्दानी पनि नहोला , कार्यकर्ता ले के देलान आफै मासुभात र रक्सिको आशा मा जो छ तथापी पैसा त चाहियो , स्रोत के त ! ब्यापारी । चामल ब्यापारी , तेल ब्यापारी , दाल ब्यापारी । अनि के यी ब्यापारी ले चाहिँ बूढी को सुन बेचेर , आफ्नो जग्गा बेचेर , थुपारेको धन ले नेता लाई सहयोग गर्नेहुन र ! नदिउँ यिनै संग कर छुट मागेको छ , बत्ती फ्री मा चलाको छ , अडिट मा गोलमोल मिलाको छ , के गर्ने !

 

दुई रुपैयाँ दाल मा , चार रुपैयाँ तेलमा , छ रुपैयाँ चामल मा बढाइने नेता नि खुस , ब्यापार नि मालामाल मर्ने तीनै जनता मरिरहन्छन । अनि गगन कुमार थापा ले भनेको सही हैन हामिले प्रश्न गरेयौ हाम्रा नेता लाई यसो किन ? बरु हामिलाई तिमिहरुको मासु भात रक्सी चाहिदैन , बरु एक भोट बराबर सय दुई सय हामी संग लिउ , ब्यापारी संग हैन बरु नुन मा सुनमा तेलमा , चामल मा ब्यहोर्ने महँगी को हिस्सा ले तिम्रो चुनाब खर्च ब्यहोर्छौ अनि मासु र रक्सी मा एक दिन बिकेर वर्षौं चामल र तेल मा नेता र ब्यपारी लाई पोस्ने हामीलाइ प्रचण्ड ले चोर भनेर नभनुन ।