सुनाखरी न्युज/ काठमाडौं । साधारण परिणाम प्राप्तगर्न आफैले आफैलाई जोखिम मोल्न लगाउनेहरुको आँट र जोशमा सदा साथदिने माउण्टेन ड्यु® नेपालकायुवाहरुलाई आफू भित्रको सीमातोड्न अनि डर तथाआत्म शंकाबाटबाहिर निस्कन यो वर्ष डरको अगाडी जीत छ नामकप्रचार अभियानमार्फत् प्रेरित गर्न तम्तयार भएको छ ।
यो पेयपदार्थले ब्राण्ड सद्भावनादूत अनूपबिक्रम शाहीको साथमा तयार पारिएको नयाँजोशिलो विज्ञापन आज सार्वजनिक गरेको छ । रोमाञ्चकतालाई थपउचाईमापुयाउँदै यो विज्ञापनको छायाँकन दुबई स्थित विश्वकै सबैभन्दाअग्लो एमारको बुर्ज खलिफामागरिएको छ । यो विज्ञापनमा या त डरदेखि डराएर भाग्ने या डरको सामना गरेर अगाडी बढ्नेभन्ने २ विकल्पलाई देखाएर माउण्टेन ड्युको विश्वासको पुनरावृत्ती गरिएको छ, यो नै त्यो छनौट हो, जसले अरुलाई छाडेर वास्तविक हिरोको पहिचान गराउनेछ ।
डरको अगाडी जीत छ भन्ने शक्तिशाली जीवनदर्शनमा आधारित भएर विज्ञापनको शुरु बुर्ज खलिफाको माथिल्लो भागबाट एकदम सुक्ष्म दृष्टिबाट हुन्छ जहाँ अनूपले विश्व रेकर्ड कायमगर्न भारी दर्शकहरुका सामून्ने डरलाग्दो स्टन्ट दिंदै गरेका हुन्छन् । फिल्मले अनूपविक्रमशाहीमादेखा परेको द्विविधा र दृढ संकल्पदुवैलाई कैद गर्दछ । आफ्नो अगाडी आएको विकल्पलाई मूल्याँकन गरेर अनूपले माउण्टेन ड्युको एक चुस्कि लिन्छन् अनिउनको मुहारमा दृढता झल्किन्छ र सबै बाधाहरुलाई पन्छाउँदै बाइकमाबुर्ज खलिफाको टुप्पाबाट डुबुल्की लगाउँछन् ।
विज्ञापनको छायाँकनका सम्बन्धमाआफ्नो अनुभव सुनाउँदै सद्भावनादूतअनूपविक्रमशाही भन्छन् “माउण्टेन ड्युको आदर्श वाक्य डरको अगाडी जीत छ मेरो विश्वाससंग मेल राख्छ, तपाईं कहाँबाट आउनु भएको हो र तपाईं को हो भन्नेले खासै अर्थ राख्दैन, यो त डरको सामनागर्ने व्यक्रिको हिम्मतहो जसले उसलाई÷उनलाई वास्तविक हिरो बनाइदिन्छ । बुर्ज खलिफामा छायाँकन गर्नु एक रोमाञ्चकारी अनुभव रह्यो किनकीहामी ब्राण्डको लागिनयाँउचाईमापुग्न चाहन्छौं–एकदमशाब्दिकतवरले । मलाई विश्वास छ नयाँफिल्मले नेपालकायुवाहरुलाई प्रेरित गर्नेछ र उनीहरुले डरको सामनागर्ने आफ्नो आत्मविश्वासलाई जगाएर आइपरेका चुनौतीहरु पार गर्न उनीहरुलाई जागृत गराउनेछ ।”
नयाँ विज्ञापनको बारेमाआफ्नो धारणा राख्दै पेप्सीको नेपालकासिनियर मार्केटिङ्ग डाइरेक्टर नसीब पुरीले भन्नु भयो डरको अगाडी जीत छ भन्ने आदर्श वाक्यसंगै माउण्टेन ड्युले सधैं नै नेपालमाजोखिममोल्ने र सफलताप्राप्तीकालागि डर तथाआत्म–शंकालाई पर धकेल्नेहरुलाई सलामगर्दछ । यो वर्ष पनिवास्तविक हिरोहरु तीहुन् जसले चुनौतीहरुलाई स्वीकार्छन् र विजेताको रुपमा उभिन्छन् भन्नेलाई पुनः दोहो¥याएको छ । हामीलाई विश्वास छ अनूपविक्रमले विश्वकै सबैभन्दाअग्लो भवनबुर्ज खलिफाको टुप्पाबाट गरेको जोडदार अभिनय हेरेर नेपालकाउपभोक्ताहरु रोमाञ्चितहुनु हुनेछ र उहाँहरु सबैमा डरको अगाडी जीत छ भन्ने कुराले बलियो स्थानजमाउनेछ ।”
माउण्टेन ड्युको यो नयाँ विज्ञापन सबै टिभि च्यानलहरु, डिजिटल, आउटडोर, र सामाजिक सञ्जालहरुमा समेत गरी व्यापकएवं बृहत रुपमाप्रदर्शन गरिनेछ । माउण्टेन ड्यु सबै परम्परागत पसलहरुका साथै आधुनिक स्टोरहरु र इ–कमर्सप्लेटफर्महरुमा पनि उपलब्ध हुनेछ ।