२०८१ असार २३ , शनिवार

स्थानीय तहको निर्वाचनमा मतपत्र चुनाव चिह्न हरियो रङको हुने

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो ।

मतदानमा प्रयोग हुने रङ पनि निलो भएकाले उज्यालो कम भएको बेला वा रातको समयमा मतगणना गर्न अप्ठ्यारो भएको थियो । पछिल्लो चुनावमा रातो रङ प्रयोग गरिएको थियो ।

 

यो पटक हरियो रङको चुनाव चिह्न हुनेछ भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।