२०८१ पुष ११ , बिहिवार

युक्रेनबाट ५३३ नेपाली सुरक्षित रूपमा बाहिरिए : परराष्ट्रमन्त्री खड्का

सुनाखरी न्युज/ काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको जानकारी दिनुभयो । सोमबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खड्काले युक्रेनबाट ५३३ नेपाली सुरक्षित रुपमा बाहिरिएको बताउनुभएको हो ।

 

उहाँका अनुसार उद्धार गरिएकाहरुमध्ये ४२७ जना पोल्याण्ड र बाँकी अन्य देशमा सुरक्षित छन् । प्रेस ब्रिफिङमा भारत सरकारको उद्धार टोलीलाई नेपाली नागरिकलाई पनि उद्धार गर्न आग्रह गरेको जानकारी दिनुहुँदै उहाँले सोही अनुसार सहयोग भएकोमा भारत सरकारलाई धन्यवाद दिनुभएको भयो ।

 

त्यस्तै, उहाँले राष्ट्रसङ्घको ११ औँ आपतकालीन बैठकमा नेपाल युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी दिनुभयो । मन्त्री खड्काका अनुसार असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको हो ।