२०८१ पुष ८ , सोमवार

कोका–कोला नेपालले १,००० महिला व्यवसायीहरु लाई “सक्षम”तालिम प्रदान गर्दै

सुनाखरी न्युज/ काठमाडौं । महिला सशक्तिकरण र समानताले समाजमाथुप्रै सकरात्मकप्रभाव पर्ने कुरा त सर्वविदित नै छ । त्यसैले कोका–कोला सदैव आफ्नो कार्यस्थल र बाहिर पनिमहिला सशक्तिकरणका विभिन्नकार्यक्रमहरु गर्दै समाजमा सकरात्मक प्रभाव ल्याउन प्रयासरत छ ।

 

र यस्तै कार्यक्रमहरुकै श्रृंखलाअन्तर्गत कोका–कोलाले नेपालको लागिआफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँगमिलेर “सक्षम”कार्यक्रम शुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नेपालकाविभिन्नठाउँमा किरानापसल र खाजा घरहरु सञ्चालनगर्दै आएका १,००० महिला व्यवसायीहरुलाई व्यवसायिकतालिमदिने योजना रहेको छ। अन्तर्राष्ट्रिय महिलादिवस २०२२ को नारा “दिगोभविष्यको लागिआज लैङ्गिक समानता”भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममामहिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षमबनाउने योजना राखिएको छ। यो कार्यक्रमले महिलाहरुलाई त्यस्तो ज्ञान र सीप प्रदानगर्ने लक्ष्य राखेको छ जसले उनीहरुलाईआफ्नो व्यापार अझै राम्रोसँग सञ्चालनगर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पु¥याउनसक्षम बनाउँछ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालनगर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमाक्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “हामी विश्वास गर्छाँै कि एउटा नारी सक्षमहुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो। त्यसैले हामीले महिलालाई सक्षमबनाउने उद्धेश्यले पहिलापनि STAR र 5by20 जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौँ र तीकार्यक्रमहरुले वहाँहरुको जीवनमा सकरात्मक परिवर्तन पनिल्याउन सफल भएका थिए, जुनहाम्रो लागि खुशीको कुरा हो। र महिला सशक्तिकरण सम्बन्धि यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने अभियानअन्तर्गत यो वर्ष हामीले नेपालभरि साना किरानापसल र खाजा घरहरु सञ्चालनगर्दै आइरहेका १,००० महिलाहरुलाई व्यवसायिक तालिम दिँदै छौँ। हामीलाई आशाछ कि यो कार्यक्रममा सहभागिमहिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, “नेपालको ग्रामीण तथाशहरी क्षत्रका धेरैजसो किरानापसल र खाजा घरहरु प्रायःमहिलाहरुले नै चलाउनुहुन्छ। र हामीले के देखेका छौँ भने यो कोभिड महामारीले वहाँहरुको व्यापारमा धेरै चुनौतीहरु ल्याएको छ। यो कार्यक्रममार्फत हामीले वहाँहरुलाई यस्ता चुनौतीहरुको सामनागर्न सक्षमबनाउने र वहाँहरुको व्यापारिक क्षमताअभिवृद्धि गराउने लक्ष्यलिएका छौँ। हामीलाई विश्वास छ कि यस कार्यक्रमले वहाँहरुलाई आफ्नो व्यापारअझै राम्रोसँग सञ्चालनगर्न सक्षमबनाउनेछ र वहाँँहरुको आत्मविश्वास पनि बढाउनेछ।”

विविधता, समानता र समावेशीकरण कोका–कोलाको मुलमान्यताहो र यिनले कम्पनीको वृद्धि, विकास र सफलतामा महत्वपूर्ण भूमिकानिर्वाह गर्दछन्। कोका–कोलाले वर्षाँैदेखि सञ्चालनगर्दै आइरहेको महिला सशक्तिकरण सम्बन्धि विभिन्न कार्यक्रमहरुले पनियसलाई पुष्टि गर्छन्। सन् २०२० सम्म ५ मिलियनमहिलाहरुलाई आर्थिक रुपमा सक्षमबनाउने महत्वाकाँक्षीलक्ष्य सहित कोका–कोलाले सन् २०१० मा“छदथद्दण्” कार्यक्रमविश्वव्यापी रुपमा सञ्चालन गरेको थियो। साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म“क्त्ब्च्”(शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रमपनि सफलतापूर्वक सञ्चालन गरेको थियो जसमा ५,८०० महिला व्यवसायीहरुलाई तालिमदिइएको थियो।