२०८१ पुष ११ , बिहिवार

नारी

मेलिना राई –

हेपिन्छ यहाँ गनिन्छ तल समाजको नजरमा ।
काटिन्छ कुरा पारिन्छ तल बेचिन्छ बजारमा । ।
लुटिन्छ इज्जत कोपिलामै बलत्कृत भएर ।
खोसिन्छ अधिकार मारिन्छ शरिर फालिन्छ बगरमा । ।

 

उध्रीन्छ जिवन कोरिन्छ भाग्य अन्धकार शहरमा ।
भेटिन्न खुशी रहन्न आशा हरेक लहरमा । ।
कुटिन्छन फेरी त्यही नै नारी बोक्सी भै भनेर ।
छेकिन्छ्न बाटो मेटिन्छन हर्ष हरेक प्रहरमा । ।

 

लगिन्छ डोली चडाई नारी अर्काको घरमा ।
लुकाई आशु सहेर पिडा पुरुषको भरमा । ।
फेरिन्छ थर बद्लिन्छ साइनो पराईको नाउँमा ।
लगिन्छ डोली चडाई नारी अर्काको घरमा । ।