२०८१ पुष ११ , बिहिवार

कांग्रेस जनताको घरदैलोमा ” घर घर जाऔं, कांग्रेस जिताऔं अभियानमा : कांग्रेस नेता गिरी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य , पुर्ब केन्द्रीय सदस्य एबं स्थानीय निर्बाचन परिचालन केन्द्रीय प्रतिनिधि किरण गिरील्रे आजको ६५ दिनमा हामी स्थानीय निर्बाचनको मतदान मतदान गर्दै छौ । “घर घरमा जाऔं , कांग्रेस जिताऔं ” अभियान लाई कांग्रेसले अबको केहिदिनमा ६७४३ वडामा अनी ७५३ वटै स्थानीय तहमा संचालन गर्ने जानकारी दिनु भएको छ ।

 

नेपाली कांग्रेस ले आगामी बैशाख -३० गते हुन गैरहेको स्थानीय निर्बाचन तयारीका लागी फाल्गुन -२९ बाट देश भरका ७५३ वटा पालिकाको ६७४३ वडामा अनि ७५३ वटै पालिकामा ” घर घरमा जाऔं , कांग्रेस जिताऔं भन्ने अभियान सशक्त र प्रभावकारी रूपमा संचालन गर्ने भएको जानकारी दिनुहुदै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि , महासमिति सदस्य तथा पुर्ब केन्द्रीय सदस्य किरण गिरी भन्नुहुन्छ :-
अब हुने सबै निर्वाचनमा
” मेरो भोट नेपाली कांग्रेसलाई “।
बा आमा , दिदीबहिनी , दाजुभाइ ,
भोट हालौ रुख 🌳लाई ।
फाल्गुन -२९ गते बाट नेपाली कांग्रेस को
एक महिने चुनावी अभियान प्रारम्भ हुदै ।
” घर घरमा जाऔं , कांग्रेस जिताऔं “।
” हरेक कांध लाई भारी , हरेक हात लाई जिम्मेवारी “।
कांग्रेस कै नेतृत्वमा शान्ति र संबिधान ।
कांग्रेस कै नेतृत्वमा समृद्धि र सुशासन ।
कांग्रेस कै नेतृत्वमा सबैखाले अन्यौलताको समाधान ।
फेरि कांग्रेस कै नेतृत्वमा तिनैतहको निर्बाचन ।
घर घरमा जाऔं , कांग्रेस जिताऔं ” अभियानमा सरिक हुनु नेपाली कांग्रेसका हामी करिब ९ लाख क्रियाशील सदस्यहरुको दायित्व र जिम्मेवारी हो ।

 

प्रजातन्त्र हुदै नेपाली जनताको आन्दोलन र चाहना बाट स्थापित आजको संघीय लोकतान्त्रिक गणतन्त्र बर्तमान नेपाल को उत्कृष्ट राजनीति प्रणाली हो । सार्बभौम जनता को सहभागितामा सम्पन्न हुने आबधिक निर्बाचन लोकतन्त्र को सुन्दर र अपरिहार्य पक्ष हो । आगामी बैशाख -३० गते स्थानीय निर्बाचन हुदै हामी तिनैतहको निर्बाचन गर्न गैरहेका छौ ।
आफ्नो राजनीतक यात्रा , अडान र दृष्टिकोण प्रति सदा प्रतिबद्ध । सबै खाले पेचिलो राजनीति लाई चिर्दै अब नेपाली कांग्रेस स्थानीय संगठन ले चुनावी कार्यतालिका सहित जरुरी कार्यक्रम थालनी गर्नु जरुरी भैसकेको छ ।
(१) फागुन २९ गते नेपाली कांग्रेस पार्टी निति कार्यक्रम जनजनमा बुझाउने कार्यक्रम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वडा वडामा गर्नु पर्दछ ।
(२) चेत्र एक महिना चुनाब कसरी जित्ने भनेर रणनीतिक , नितिगत टिप्सहरू सिकाउने र स्थानीय निकाय निर्बाचन जागरण अभियान वडा वडामा लैजानु जरुरी छ ।
(३) बैशाख महिना तीन हप्ता घरघरमा मिटिङ्ग, प्रतिपक्ष माथि सैद्धान्तिक, बैचारिक र कार्यक्रम गत प्रतिबाद गर्ने , आफ्नो एजेण्डा र कार्यक्रम स्थापित गरेर मतदातालाई बिश्वासमा लिने काम गर्नु पर्ने र कांग्रेस लाई मतदान गर्न प्रचारप्रसार कार्यलाई घरघरमा पुर्‍याउने ।
(४) बैशाख को अन्तिम हप्ता मतलाई आफ्नो पक्षमा परिणत गराएर सुरक्षित राख्ने ।
(५) बैशाख – ३० गते आफ्ना मतदाताहरु लाई सहज रुपमा मतदान स्थलमा ल्याउने र पहिलो चरणमा रुख 🌳 चिन्हमा मतदान गराउने र सबै वडा अनि पालिकाहरुमा अत्याधिक बहुमतले नेपाली कांग्रेस लाई बिजय गराउने ।
(६). सबै स्थानीय तहले आफ्नो वडा र पालिकाहरुको उम्मेदवार चैत्र मसान्तसम्म सम्म छनौट गरि घोषणा गरेर अगाडि बढ्नु पर्ने ।
सबल , सक्षम र निर्बाचित कांग्रेस ले नै नेपाल लाई समृद्धि तर्फ डोर्‍याउन सक्दछ । नेपालको बिकास र समृद्धि का लागी नेपाली कांग्रेस भुमिका र हैसियत सबै तहमा निर्णायक हुनु जरुरी रहेको जानकारी समेत गिरीले दिनु भएको छ ।

पुर्ब केन्द्रीय सदस्य गिरी केन्द्रीय प्रतिनिधि :-
नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा केन्द्रीय कार्यसंपादन समितिको २०७८ फाल्गुन -३ गतेको निर्णय अनुसार निर्बाचन केन्द्रीय ” घर घर जाऔं , कांग्रेस जिताऔ ” एक महिने अभियानका लागी डोटी जिल्लाको ” केन्द्रीय प्रतिनिधि ” को जिम्मेवारी प्राप्त भएकोमा सम्माननिय सभापति ज्यु प्रति हार्दिक आभार प्रकट गर्दछु भन्ने धारणा नेपाली कांग्रेस महासमिति सदस्य , केन्द्रीय प्रतिनिधि एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले सभापति देउवा प्रति हार्दिक आभार प्रकट गर्नु भएको छ ।

केन्द्रीय प्रतिनिधि गिरीले नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयको मिति – २०७८ फाल्गुन २४ गते च . नं. २३३ अनुसार प्राप्त निर्देशन अनुसार आफ्नो भुमिका , दायित्व र जिम्मेवारी बहन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

डोटी जिल्लामा गाउँ र नगरपालिकाहरु :-
जोरायल गाउँ पालिका ६ वटै वडा , बडिकेदार गाउँ पालिका ५ वडा , बोगटान गाउँ पालिका ७ वडा , के आइ सिंह गाउँ पालिका ७ वडा , सायल गाउँ पालिका ६ वडा , आदर्श गाउँ पालिका ७ वडा , दिपायल सिलगढी नगरपालिका ९ वडा , पुर्बिचौकीब गाउँ पालिका ७ वडा र शिखर नगरपालिका ११ वडाहरुमा नेपाली कांग्रेसको पार्टी संगठन लाई सशक्त र प्रभावकारी बनाउदै आगामी बैशाख – ३० हुन गइरहेको स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेस लाई बिजय गराउने लक्ष्य र उध्धेश्य हो ” घर घर जाऔं , कांग्रेस जिताऔं ” एक महिने अभियान को ।

७७ रै जिल्लामा खटिनुभएका ” केन्द्रीय प्रतिनिधि ” हरु को नामावली यश प्रकार रहेको जानकारी नेपाली कांग्रेसका महासमिति सदस्य , स्थानीय निर्बाचन परिचालन केन्द्रीय प्रतिनिधि एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनु भएको छ ।