सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा मेरो स्कूलको ‘सेल्फीपोइन्ट’ स्थापना भएको छ। अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा एक कार्यक्रमका बीच सो पोइन्ट स्थापना गरिएको हो।
सो सेल्फीपोइन्टको उद्घाटन अभिनेत्री ऋचा शर्माले उद्घाटन गरेकीथिइन्। कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले आजको समयमा मेरो स्कूल जस्तो डिजिटल इ– लर्निङ्ग प्लाटफर्मको धेरै महत्व रहेको बताएकीथिइन्। साथै, ग्रामीण क्षेत्रहरुमा पनि इन्टरनेटको पहुँचभएकोले मेरो स्कूल एप विद्यार्थीहरुकालागिनिकै लाभदायकहुने बताएकी थिइन्। कोरोना महामारीको समयमा अनलाइन कक्षा, डिजिटल प्लाटफर्महरुको माग बढेका कारण मेरो स्कूलको उज्वल भविष्य देखेको बताउँदै सफलताको शुभकामना पनि दिएकी थिइन्।
के हो मेरोस्कुल?
मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ प्रयोगकर्ताले नेपाल सरकारको पाठ्यक्रममाआधारित २० हजारभन्दा धेरै भिडियोहरु प्राप्त गर्न सक्नेछन्। यसका साथै यहाँ पुरानाप्रश्नपत्रहरु हलगरिएका भिडियोहरु पनि हेर्न सकिनेछ।
यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ। यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएकाहुन्। शैक्षिक पाठ्यक्रमका अलावा यहाँ डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स, शेयर तालिम लगायतका कोर्सहरू पनि हेर्न सकिनेछ। यस एपमा प्रयोगकर्ताहरुले १ महिनाको लागि केबल २२ रुपैयाँमा कक्षा एक देखि १२ सम्मका भिडियोहरु हेर्न सक्नेछन्।
यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सक्नेछन्। अफलाइ नभ्यूइङ्ग फिचर पनिभएकोले यहाँभएका शैक्षिक सामाग्रीहरु आफुले चाहेको समयमाचाहेको ठाउँमा बसी सुपथमूल्यमा हेर्न सक्नेछन्।