२०८१ असार २३ , शनिवार

महिलाअधिकार सुनिश्चित गर्न घरबाटै पहल गर्नुपर्ने सरोकारवालाको जोड

सुनाखरी न्युज/ काठमाडौं । महिलाकोअधिकार सुनिश्चित गर्न घर परिवारबाटै शुरुवात गर्नुपर्ने सरोकारवालाले बताएका छन् । ११२ औंअन्तराष्ट्रिय महिला दिवसका अवसरमा रोटरी क्लव ज्ञानेश्वरले मंगलबार आयोजना गरेको कार्यक्रममा डिस्ट्रिक गर्भनर जितेन्द्र वहादुर राजभण्डारीले महिला हिंसाको अन्त्य घरबाट नभएसम्म समाज परिवर्तन गर्न नसकिने बताउनुभयो ।

 

महिला र पुरुषको समान सहभागिता बाट महिलाअधिकारको सुनिश्चितता खोज्नु पर्नेमा भण्डारीले जोडदिनुभयो । हिंसाको जालो सर्वप्रथम घरबाटै तोड्नुपर्ने उहाँले बताउनुभयो । महिला हिंसा अन्त्यका लागि रोटरी क्लवजस्ता सामाजिक संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भण्डारीको भनाई छ । राजभण्डारीले भन्नुभयो, ‘रोटरी क्लवमा आवद्ध भईसकेपछि यो महिला, यो पुरुषभन्ने हुँदैन । महिलाअधिकार हुँदै सामाजिक परिवर्तनका मुद्धामा रोटरी क्लवमा अवद्ध भएर सकारात्मक परिवर्तनका लागि काम गर्न सकिन्छ । ’

 

कार्यक्रममा रोटरीका पास्टडिस्ट्रिक गर्भनर चिन्तामणी भट्टराईले महिलाहिंसा विश्वव्यापी रुपमै तिव्ररुपमाबढिरहेको बताउनुभयो । महिलालाई घरबाटै हिंसा शुरु हुने भन्दै विभेद विरुद्धको अभियान पनि पहिला घर बाटै शुरु गर्नुपर्ने उहाँले बताउनुभयो । संसारभर रहेका रोटरी क्लवहरु मार्फत महिलाविरुद्ध हुने विभेद विरुद्ध अभियान चलाउनु पर्ने भट्टराईले बताउनुभयो । महिलालाई सम्मान, महिलाको कामलाई सम्मान गर्न सकिए समग्र राष्ट्र र विश्व नै नमुना बन्ने भट्टराईले बताउनुभयो ।

 

यस्तै अधिकारकर्मी दिव्या गुरुङले समाजका हरेक क्षेत्रमामहिला सहभागिता वृद्धि गरेर उनिहरुको अधिकार सुनिश्चित गराउनुपर्नेमा जोड दिनुभयो । महिला, र लैङिगक समावेशिताको मुद्धा निकै चुनौतीपुर्ण बन्दै गएको गुुरुङको भनाई छ । पछिल्लो समयजलवायु परिवर्तनको असर सवैभन्दा धेरै नेपालमा देखिनथालेको र महिलाहरु प्रभावितभईरहेको गुरुङले बताउनुभयो । जलवायु परिवर्तन विरुद्ध साझा सहकार्य गर्न र रोटरीमामहिलाहरुको संख्या वृद्धि गर्न गुरुङले आग्रह गर्नुभयो ।