२०८१ आश्विन १३ , आइतवार

डोटीमा ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियानको कार्यक्रम तालिका अनुसार सम्पन्न हुदै : केन्द्रीय प्रतिनिधि गिरी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि पुर्ब केन्द्रीय सदस्य किरण गिरीले डोटी जिल्लामा ९ वटा पालिकाहरुमा आयोजना हुने सबै क्ल कार्यक्रममा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका सभापति एबं पुर्ब मन्त्री वीर बहादुर बलायर प्रमुख अतिथिको रुपमा सहभागिता रहने डोटी बाट जानकारी दिनुभएको छ ।

 

नेपाली कांग्रेस सुदुरपश्चिम् प्रदेश सभापती तथा पुर्ब मन्त्री  वीर बहादुर बलायरको प्रमुख आतिथ्य मा सम्पन्न हुने कार्यक्रम र डोटी जिल्ला अन्तरगतका स्थानीय तह हरुमा ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान अन्तर्गत नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि किरण गिरीको सार्थक सहभागिता मा नेपाली कांग्रेस केन्द्रीय कार्यालय को निर्देशन बमोजिम भेटघाट , अन्तरक्रिया तथा आमसभा कार्यक्रम देहाय बमोजिम रहेकोले त्यस गाउँ पलिका र नगरपालिका अन्तरगतका नेपाली कांग्रेस विभिन्न तहका –
पदाधिकारी एवंम सदस्य,
महाधिवेशन प्रतिनिधी,
छेत्रीय कार्य समिती ,
पालिका कार्यसमिति ,
वडा कार्यसमितिका पदाधिकारी एबं सदस्य हरु ।
भात्री तथा शुभेच्छुक संघ संस्थाका
पदाधिकारी तथा सदस्य हरु
एवंम लोकतन्त्र प्रेमी आमा, बुवा ,दाजुभाइ तथा दिदिबहिनी हरुमा समेत उपस्थिति का लागी सबिनय पुर्बक हार्दिक अनुरोध गर्दै व्यापक सहभागिता को ब्यबस्थापन गरिएको जानकारी नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्र बहादुर सिहं ले दिनु भएको छ ।

कार्यक्रम तालिका :-
फाल्गुन :-
११/२९ गते जोरायल गाउँ पालिका ।
११/३० गते बडिकेदार गाउँ पालिका ।
चैत्र :-
१२/०१ गते बोगटान गाउँ पालिका ।
१२/०२ गते के आइ सिंह गाउँ पालिका ।
१२/०४ गते सायल गाउँ पालिका ।
१२/०५ गते आदर्श गाउँ पालिका ।
१२/०६ गते दि सि नगरपालिका ।
१२/०७ गते पुर्बिचौकी गाउँ पालिका ।
१२/०८ गते शिखर नगरपालिका ।
डोटी बाट – किरण गिरी केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेस ।