२०८१ मंसिर ८ , शनिवार

फागु पूर्णिमा आगमनको संकेत स्वरुप बसन्तपुरमा ठड्याइयो ध्वजासहितको चीर

सुनाखरी न्युज/ काठमाडौं । फागु पूर्णिमाको आगमनको संकेत स्वरुप काठमाडौंको बसन्तुपुरमा आज चीर ठह्याइएको छ । बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् ।

 

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याई दाह गरेपछि होली समाप्त हुन्छ । आज पशुपतिनाथ, हनुमान ढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

 

यस वर्षको होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते पहाडी तथा हिमाली भेगमा र ४ गते तराईमा होली मनाईदैछ ।