२०८१ आश्विन १३ , आइतवार

सवारी दुर्घटनामा पैदल यात्रीको मृत्यु

सुनाखरी न्युज/ झापा । झापाको कन्काई नगरपालिका-९ स्थित राजगड-लक्ष्मिपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा सोही स्थानका ३५ बर्षीय उमेश थापा रहेका छन । हिजो राती ७ बजे मे.१च ५२५ नम्वरको एम्वुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा संलग्न एम्वुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।