२०८१ पुष ७ , आइतवार

फुटबल प्रशिक्षणका लागि सिप्रदीयन सहायताको छात्रवृत्ति

सुनाखरी न्युज/ काठमाडौं।

सिप्रदीयन सहायता संस्थाले काठमाडौँ किकर्ससंगको सहकार्यमा फुटबलमा इच्छुक र दक्षभएको तर आर्थिक सहयोग चाहिएको बालबालिकाहरुलाई निःशुल्क फुटबल तालिमको लागि छात्रवृत्ति प्रदान गर्न लागेको छ ।

 

फुटबलमा योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई परीक्षणको अवसर प्राप्तहोस् भन्ने मूल उदेश्यको साथ यो कार्यक्रमको संचालन हुन गईरहेको छ । निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षको केटा र केटी दुवैले सहभागिता जनाउन सक्नेछन । निःशुल्क फुटबल तालिमको छनौट कार्यक्रम यहि शनिबार फाल्गुन २८ गते दिउँसो १२ बजे कुपन स्पोर्ट्स सेन्टर, बलुवाखानी, काठमाडौँमा हुन गइरहेको छ।

 

हाल काठमाडौं किर्कस एकेडेमीमा स्कटिस प्रशिक्षक लि.मेनसनले प्रशिक्षण दिइरहेका छन । हाल काठमाडौँ भ्यालीमा बसोबास गर्ने १२ र १३ वर्षको बालबालिकालाई यस निःशुल्क फुटबल तालिममा छात्रबृत्ति कार्यक्रममा सहभागी हुन कम्पनिले आह्वान गरेको छ। कार्यक्रमको थप जानकारीको लागि ०१–४१६४३९२ मा सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ।

 

सिप्रदीयन सहायता संस्थाबारे जानकारी
सिप्रदी सहायता संस्था एक लाभनिरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो । यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथादुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ ।

 

साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा  भिन्नक्षमताभएकाव्यक्तिहरुलाई हरतरहबाट सेवा पु¥याउने निष्ठा राखेको छ । यसको अलावा संस्थाले प्राकृतिकविपत्तितथा दैविकप्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथापूनव्र्यस्थापन सम्बन्धीकार्यमा सहयोग गर्दै आएको छ ।