२०८१ पुष ११ , बिहिवार

२२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् यी युवतीले

सुनाखरी न्युज/ काठमाडौं।

तपाईं तरकारी र फलफूल नखाइकन कति समयसम्म रहन सक्नुहोला । एकजना युवतीले चाहिँ २२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् । खानादेखि डर लाग्ने रोग अर्थात् फूड फोबियाका कारण उनले केवल चिकेट नगेट र चिप्सको सहारामा २२ वर्षदेखि प्राण धानिरहेकी छिन् ।

 

बेलायतको क्याम्ब्रिजमा बस्ने २५ वर्षीया समर मोनरोका अनुसार उनलाई अभोइडिङ रेस्ट्रिक्टेड फूड इन्टेक डिसअर्डर नामक रोग छ । ३ वर्षको उमेरमै उनलाई उक्त रोग देखिएको थियो । तीन वर्षको उमेरमा आलुको एक परिकार खाएपछि उनलाई यस्तो समस्या देखिएको थियो । तरकारी र फलफूल देख्दैमा उनलाई डर लाग्दछ, मन खिन्न हुन्छ र बिरामीजस्तो महसुस हुन्छ । एकपटक उनलाई उनको हजुरबाले एउटा केराउको दाना खाएमा १ हजार पाउण्ड पुरस्कार दिन्छु भन्दा पनि उनले खान सकिनन् ।

 

दिउँसोमा अरुले स्याण्डविच खाएको देख्दा उनलाई निकै अप्ठेरो महसुस हुनछ । आफ्नो फूड फोबिया हटाउनका लागि उनले दुईपटक थेरापी तथा हिप्नोथेरापीको सहारा लिइन् तर कुनै फाइदा भएन । आफूले केवल बर्डस् आई चिकेन नगेट र क्रिस्प्स मात्र खाने र खानासँगै आफ्नो शरीरको वजन पनि परिवर्तन भैरहने उनी बताउँछिन् । आफूले फलफूल र तरकारी अन्तिम पटक कहिले खाएको भन्ने उनलाई याद छैन । तीन वर्षदेखि खान छाडेको भन्नेमात्र सुनेकी छिन् । खानेकुराको गन्ध मन पर्ने तर त्यही खानेकुरा मुखमा हाल्दाचाहिँ बिरामी पर्ने उनको समस्या छ ।  एजेन्सी