२०८१ मंसिर ७ , शुक्रवार

यो बर्ष पनि सर्बाधिक मूल्यवान टायर ब्रान्ड बन्यो मिसिलिन

सुनाखरी न्युज/ काठमाडौं। फ्रेन्च टायर निर्मातामिसिलिन यो बर्ष पनि ब्रान्ड फाइनान्सले गरेको मूल्यांकनमा सर्बाधिक मुल्यवान टायर ब्रान्ड बनेको छ ।

ब्रान्ड भ्यलुएसनमाविश्वकै अग्रणी मानिने यो कन्सल्टेन्सिले गरेको ब्रान्ड इन्डेक्समामिसिलिनले ८५.८ अंकप्राप्तगर्दै उक्त स्थानहाँसिल गरेको हो । सन् २०१८ देखी निरन्तर मूल्यवान टायर ब्रान्डको ताजकायमै राख्न सफल यो ब्रान्डको मूल्य यो बर्ष बढेर ७हजार ७ सय ३६ मिलियन डलर पुगेको छ । अघिल्लो बर्ष उक्तमूल्य ६ हजार ८ सय ४८ मिलियन डलर रहेको थियो । मूल्यवान ब्रान्डको सूचीमापहिलो स्थानओगटेको मिसिलिनलाई अर्को जपनिज ब्रान्ड ब्रिजस्टोनले पछ्याइरहेको छ । ब्रिजस्टोनबिगत ५ बर्षयता सूचीकोदोस्रो स्थानमा रहँदै आएको छ ।

त्यसैगरी मिसिलिनले अघिल्लो बर्ष अर्थात सन् २०२१ मा २५.९ बिलियन डलरको कारोबार गर्दै सर्बाधिकबिक्रीहुने ब्रान्डमा समेत कब्जाजमाएको छ । बिक्रीमा पनि उसलाई ब्रिजस्टोनले पछ्याउँदै दोस्रो स्थानओगटेको छ । कोरोना महामारीका कारण निम्तिएको अनुकुल परिश्थितीकाबावजुत पनि मिसिलिनले अघिल्लो बर्ष बिक्री बढाएर अग्र स्थानमा आएका कारण अबको केहीबर्ष बिक्रीमा पनियसले बजारको नेतृत्वकायमै राख्ने अनुमान गरिएको छ । अत्याधुनिक प्रबिधीको प्रयोग गरी उत्पादनहुने कारण मिसिलिनले बिश्वबजारमा एक प्रिमियम र उच्च गुणस्तरीय टायर ब्रान्डको पहिचानबनाइरहेको छ । विश्वका अधिकांश प्रिमियम ब्रान्डका सवारी साधनमा ओई फिटमेन्ट भएर आउने मिसिलिनलाई सर्बाधिक इन्धन किफायती टायरका रुपमा समेत लिने गरिन्छ ।

बिश्वमायसको ९ वटा आर एन्ड डी सेन्टर रहेको छ भने २६ राष्ट्रमा ११७ वटा उत्पादन युनिट र १७० भन्दा बढी देशमा कारोबार भैरहेको छ । हालै यसले मोटोजीपी रेसलाई विशेष प्रकारको टायर सप्लाई गर्ने सम्झौतालाई सन् २०२६ सम्म निरन्तरतादिइने उद्घोष समेत गरेको छ । नेपालीबजारमा समेत उपलब्ध यो टायरलाई ग्राहकले प्रिमियम ब्रान्डको टायरका रुपमालिई आफ्नो सवारी साधन मा प्रयोग गरिरहेका छन् । नेपालमायसको टु ह्विलरदेखी, प्यासेन्जर कार, कमर्सियल भेहिकल र हवाई जहाज सम्ममाप्रयोग गर्न मिल्ने टायर उपलब्ध छ । अटोमोबाइल कम्पनी सिप्रद्धी अटो पार्टस्ले यसको आयत गरी कारोबार गरिरहेको छ ।