२०८१ आश्विन ६ , आइतवार

स्थानीय तह निर्वाचन तयारीबारे निर्वाचन आयोग र दलहरूबीच छलफल

सुनाखरी न्युज/ काठमाडौं। स्थानीय तह निर्वाचन तयारीबारे निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल सुरू भएको छ। आयोगले निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने कार्यक्रम छ।

 

१७ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा सहभागी भएका छन्। साथै मतपत्रलगायत विभिन्न विषयमा आयोगले रायसुझाव लिने तयारी गरेको छ। आयोगले मतपत्र र चिन्ह हरियो तथा स्वस्तिक छापको रङ नीलो राख्ने निर्णय गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको थियो।

तर आयोगले मतपत्रको डिजाइन र रङ राख्ने क्षेत्राधिकार आयोगमा रहेको प्रष्ट पारिसकेको छ। आयोग सँग दलका अपेक्षालगायत विषयमा पनि आज छलफल हुनेछ। आयोगले प्रत्येक राजनीतिक दलबाट दुई जनाका दरले प्रतिनिधि पठाउन भनेको छ। आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन्।