२०८१ मंसिर ११ , मंगलबार

सानिमा बैंक र खल्ती डिजिटल वालेट बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं। सानिमा बैंक र स्प्यारो पे प्रा. लि खल्ती बीच ग्राहकलाई थप सुबिधा प्रदान गर्ने सम्झौता भएको छ ।

 

बैंक र खल्ती बीच भएको सम्झौतामा ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्गएप सानिमा सजिलो ई-बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्ग मार्फत चेक आउट गर्न सक्नुहुनेछ ।

बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे प्रा.लि.खल्ती का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फ बाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख बिक्रम श्रेष्ठले सहम तिपत्रमा हस्ताक्षर गर्नुभयो । सानिमा बैंकको देशभर १२४कार्यालयर ११०एटिएम संचालनमा रहेका छन् ।