सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई गोकर्णेश्वर नगरपालिका-५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ घर भएका २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्वर बस्ने सखुवासभा घर भएका २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने झापा बुद्दशान्ति गाउँपालिका-६ घर भएका २० वर्षीय दिपेश मगर र गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने सुर्खेत मेलकुनादचोर घर भएका २४ वर्षीय विशाल राना रहेका छन् ।
काठमाडौं महानगरपालिका-६ बौद्ध तथा गोकर्णेश्वर नगरपालिकाको विभिन्न स्थानबाट चोरी कार्यमा संलग्न गिरोहका ब्यक्तिहरुले सोही इलाका र अन्य इलाकामा समेत चोरीका मोटरसाइकल बिक्री बितरण गर्दै आईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।