२०८१ आश्विन १३ , आइतवार

एउटा निर्माण कम्पनीले बढीमा ५ वटा मात्र ठेक्का कबुल गर्न पाउने

सुनाखरी न्युज/ काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गर्दै एउटा कम्पनीले एक पटकमा ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ ।

 

यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले लिने पाउने व्यवस्थालाई संशोधन गरेर ३ अर्बसम्म पुर्‍याइएको हो । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गर्दै अब ६० प्रतिशत काम सम्पन्न गरेको आधारमा मात्र ५ वटाभन्दा बढी ठेक्का लिन पाउने व्यवस्था गरेको हो ।

 

एक मन्त्रीका अनुसार ६० प्रतिशत काम सम्पन्न नगरेमा एउटा व्यवसायीले ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गरिएको छ ।