२०८१ आश्विन ५ , शनिवार

नेपाल सुनचाँदी ब्यवसायी संघ (केन्द्र) को २९ औं तथा ३० औं साधारणसभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सुनचाँदी ब्यवसायी संघ (केन्द्र) को २९ औं तथा ३० औं बार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष महेन्द्ररतन शाक्यको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य साधारणसभाको प्रमूख अतिथि रहनु भएका थियो ।
यसैगरी महासंघका बिशिष्ट सल्लाहकार तेजतत्न शाक्य साधारणसभाको बिशिष अतिथि रहनु भएको थियो ।

 

साधारणसभामा पुर्वमन्त्री एवं महासंघका सल्लाहकार कृष्ण गोपाल श्रेष्ठ, संघका संस्थापक सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
त्यसक्रममा संघका अध्यक्ष शाक्यले संघलाई महासंघको थिंक ट्याङककोरुपमा विकास गरिने बताउनुभयो ।

त्यसअघि संघको महासचिव रत्न शुन्दर शाक्यको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोहिना देखि शाक्यले प्रश्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।