सुनाखरी न्युज/ काठमाडौं । पोखरा । गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता ११ गोल्ड मेडल सहित कास्की जिल्ला प्रथम भएको छ । ४ गोल्ड मेडल सहित म्याग्दी दोश्रो र ४ गोल्ड मेडल सहित पर्वत तेसा्रे भएको हो ।
पोखरामा आज सम्पन प्रतियोगीतामा कास्कीले थप ११ सिल्भर र म्याग्दीले ५ र पर्वतले ३ मेडल पाएका थिए । पुरुष र महिला तर्फको गरी कुल २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी रहेका थिए । जसमा गोल्ड मेडल ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागी छनोटमा परेका छन । छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ के.जि समुह तर्फ मन्दिप सुनार,५८ के.जिमा पर्वतका सुरज कडेल र ६३ के.जिमा पर्वतकै प्रकास माझी रहेका छन भने ६८ के.जि मा कास्कीका हेमन गुरुङ छन । त्यसै गरी ७४ के.जि समुह तर्फ म्याग्दीका कृपेस शर्मा र ८० के.जि समुहमा कास्की सकील लामगादे र ८७ के.जि मा निरज नेपाली र ८७ के.जि मै पर्वतका सुजन रोक्का रहेका छन ।
त्यसै गरी पुरुष जुनियर तर्फ ४८ के.जि समुहमा म्याग्दीका दिपेस पुर्जा,५५के।जि समुहमा कास्कीका सुजन गुरुङ, ६३ के.जि समुहमा तनहुँका राजन परियार छन भन्ने नवलपुरका मनिष महततो र नवलपुरकै सुरेश जेडिमगर ७८ के.जि समुहमा विजयी भएका छन ।त्यसै गरी महिला सिनियर तर्फ ४६ के.जि समुहमा म्याग्दीका इशा गर्बुजा, ४९ के.जिमा कास्कीका सरिता बयलकोटी, ५३ के.जि समुहमा मनालिसा मल्ल, ५७ केजिमा अन्जना परियार, ६२ के.जि समुहमा पार्वती श्रेष्ठ, ६७ के.जि समुहमा पर्वतका स्मृती नेपाली र ७३ के.जि मा म्याग्दीकी ममता गर्वुजा रहेका छन ।
महिला जुनियर तर्फको ४४ के.जि मुनि गोरर्खाकी आकृती क्षेष्ठ ,४९ के.जि मा कास्कीकै अनिसा परियार ५५ के.जि र सदिक्षा सुनार ६३ केजिमा छनोट भएका छन भन्ने बाग्लुङकै बुद्ध गुरुङ, ५५ के.जि र ६८ के.जि मा ग्रिन गुरुङ छनोट भएका छन । विजयी खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रि राजीव गुरुङले ट्रफी वितरण गदै खेलकुदको सस्थागत बिकासका लागी मन्त्रालय खेलाडी सँग रहेको बताए । खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले ब्वसायी खेलाडी उत्पादन गर्ने जोड दिए । संस्थाका अध्यक्ष जगन बहादुर गुरुङले बासिलोना लोलम्पियन १९९२लाई संस्थाको तर्फ वाट सम्मान गर्नु भयो ।