२०८१ आश्विन १३ , आइतवार

पोखरामा जनप्रदिप सहयोगी संस्था गठन

शिशिर पौडेल/ पोखरा । स्याङ्जा जिल्लाको चिलाउनेवासमा रहेको जनप्रदिप मा विका भुर्तपुव विद्यार्थी संगठित भएका छन् । पोखरामा सम्पन्न भएको भु पु विद्यार्थीको भेलाले डोलनाथ गौतम चोलाकान्तको अध्यक्षतामा १३ सदस्यीय जनप्रदिप सहयोगी संस्था गठन गरेको छ ।

 

संस्थाको उपाध्यक्षमा कलावती बस्नेत, सचिवमा दिपक राज पौडेल,सह सचिवमा कमला तुलाचन, कोषाध्यक्षमा गीतादेवी लामिछाने र सदस्यहरुमा युवराज लामिछाने, विश्वबन्धु पौडेल, राजकुमार सुनार,बुद्धी प्रसाद पौडेल, कमला पौडेल ढकाल, डोलराज पौडेल,मोती पौडेल चयन हुनुभएको छ ।

 

त्यस्तै प्रमुख संरक्षकमा भु पु प्रधानाध्यापक ठाकुर प्रसाद शर्मा, संरक्षकमा रामचन्द्र पोखरेल, प्रमुख सल्लाहकारमा चिम प्रकास पौडेल, सल्लाहकारमा रमेश पौडेल, नेत्र केसी खेम छेत्री र कानुनी सल्लाहकारमा त्रिभुवन पौडेल राजु चयन हुनुभएको हो । संस्थाले विद्यालयको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।