२०८१ मंसिर ११ , मंगलबार

उपत्यकामा एक साथ नबिल बैंकको ४ नयाँ शाखा उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । नबिलबैंकले आज (आइतवार) जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँशाखाको काठमाडौं उपत्यकामा एक साथ उद्घाटन गरेको छ ।

 

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक संचालक मलयमुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमाशंखमूलशाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घान गर्नुभयो ।

 

उक्त उद्घाटन कार्यक्रम÷समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीयबासिन्दाको उपस्थितिमा एकैसाथचार नयाँ शाखा उद्घाटन गरेको हो । बैंकले चारै वटा नयाँशाखाहरु एकै समयमा उद्घाटन गर्ने कार्यक्रम बनाएको थियो । विगत ३७ वर्ष देखि ग्राहकहरूलाई उत्कृष्ट सेवाप्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदानगर्नेछ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

 

आइतवार उद्घाटन भएकाचार(४) नयाँशाखा सँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवाप्रदानगर्दै आईरहेको छ । नबिलबैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवाप्रदानगर्न प्रतिबद्ध छ । देशकै अग्रणी तथा आम लगानी कर्तालाई उच्च प्रतिफलदिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवाप्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिवद्धता गरेको छ ।