२०८१ पुष ७ , आइतवार

हलिउड तेक्वान्दो स्कुलको २७ औं स्थापना दिवश नेपाली शैलीमा

सुनाखरी न्युज/ काठमाडौं ।

जननी जन्मभूमिच्श्र स्वर्गादपी गरीयसी !

जन्मथलो नेपाल भई संसारका विभिन्न देशहरुमा कार्यरत नेपालीहरुको नेपाल प्रतिको माया र नेपाली पनबाट कहिले टाढा राख्न सकेको हुदैन । त्यस मध्ये एक विशेष व्यक्तित्व तथा हलिउड स्कुलका प्रधानाचार्य तथा सँस्थापक ग्राण्ड मास्टर दिवाकर “डान” महर्जन हुन । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रही नेपालमा तेक्वान्दोका स्थाई प्रशिक्षक समेत रहेका महर्जन सन १९९४ सालमा अमेरिका तर्फ लागेका थिए । स्वतन्त्र हिसावले नेपालमा तेक्वान्दो खेलमा काम गर्ने वातावरण नभएका कारण उनी अमेरिका तर्फ पलायन भएका हुन ।

 

अमेरिकामा गई सकेपछि उनले तेक्वान्दो खेलको विकल्प अरु सोच्न पनि सकेनन । विविध बाधा अवरोध पारगर्दै जोखिम मोलेर भए पनि केहि न केही गरेर देखाउछु भन्ने उद्देश्यले अभिप्रेरित महर्जनले सन १९९५ मा यू.एस.वर्ल्ड क्लास तेक्वान्दो, हलिउड स्कुल आफैले संचालन गरे । संयुक्त राज्य अमेरिका ओरेगन राज्यको पोर्टल्याण्ड सहरमा रहेको यू.एस.वर्ल्ड क्लास तेक्वान्दो संघ यस राज्यको एक उत्कृष्ट तेक्वान्दो स्कुल समेत हो । जसमा प्रशिक्षणका लागि उनको आफ्नै सुविधासम्पन्न भवनमा एउटा मूख्य हल र थप २ वटा गरी ३ वटा प्रशिक्षणहरु हलहरु छन । यस स्कुललाई वर्तमान अवस्थासम्म पुर्याउन उनको अहोरात्र लगाव र समय व्यवस्थापन नै हो । सवै अमेरिकनहरु नै विद्यार्थीहरु रहेको यस स्कुलको आन्तरिक व्यवस्थापन र मनमोहक वातावरणले जो कोहि पनि मोहिन हुने गरेका हुन्छन ।

 

कोरोना महामारीभन्दा अगाडी ३०० जनाभन्दा विद्यार्थीहरु रहेका थिए भने हाल कोरोना पछि २५० जनाको हाराहारीमा तेक्वान्दो खेलका विद्यार्थीहरु प्रशिक्षणरत रहेका छन । जसमा ४ जना मात्र नेपाली विद्यार्थीहरु छन । उमेर समुहका हिसावले सवभन्दा सानो उमेर ३ वर्ष देखि सवभन्दा ठुलो ६५ वर्ष सम्मका विद्यार्थीहरु नियमित प्रशिक्षणरत छन । यसै सन्दर्भमा हरेक वर्ष झै यस वर्ष पनि यू.एस.वर्ल्ड क्लास तेक्वान्दो संघको “२७ औं स्थापना दिवस” विविध कार्यक्रमका साथ मनाई नेपाली शैलीमा सम्पन्न भएको छ । जसमा वर्षभरीका उत्कृष्ट प्रतिभावान विद्यार्थीहरुलाई खादा ओढाई ट्रफि वितरण समेत गरिएको थियो ।