२०८१ पुष २५ , बिहिवार

निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्न माग

सुनाखरी न्युज/ काठमाडौं । सोमबार मोरंग व्यापार संघले मोरंग, सुनसरी औद्योगिक करीडोरका उद्योगी व्यवसायीहरुले हाल मुलुकको तरलताको अभावलाई न्यूनीकरण गर्न बैंकको चर्को ब्याजबृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याज दर ६ प्रतिशत कायम गर्नु पर्ने माग गरेका छन् ।

 

सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र खर्च हुनु सरकारको निरिहपन देखिन्छ भने अर्कातर्फ कूल निक्षेपको १८ अर्बजति संस्थागत निक्षेप रहेको र बैंक ब्याजबृद्धि भई ११ प्रतिशत कायम हुनुले यस्ता किसिमका अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति ल्याउन मद्दत पु¥याएको छ तसर्थ यसलाई अधिकतम ६ प्रतिशतमा ल्याई ऋणको ब्याजलाई एकल विन्दुमा ल्याउन संघका अध्यक्ष नवीन रिजालले पत्रकार सम्मेलनमा बताउनु भयो । अध्यक्ष नवीन रिजालको अध्यक्षतामा आजै मोरङ सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायी सहित जिल्ला प्रशासन कार्यालय, मोरंगको प्रांगणमा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार तिम्सीना मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको थियो ।

 

मोरङ सुनसरी करिडोरका उद्योगी व्यवसायीहरुले राज्यको नीति विरुद्ध सडकमा आउनु भनेको देश भयावह अवस्थाको चित्रण गर्दछ । तसर्थ सरकारले समयमा नै अहिलेको अवस्थाप्रति गंभिर हुन जरुरी रहेको संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले बताउनु भयो । छिमेकी देश भारतमा दुई वर्ष अगाडी १४ प्रतिशतको ब्याज ७ प्रतिशत कायम भएको तर नेपालमा भने ७ वाट १४ प्रतिशत पुग्ने अनुमान लगाउन सकिन्छ साथै अर्थ मन्त्री जनार्दन शर्माले ब्याजबृद्धिको खेल आफूले पनि बुझ्न नसकेको भन्नु कति सान्दर्भिक र शोभनीय छ हामी आफैं अनुमान लगाउन सकिन्छ भन्दै संघका पूर्व अध्यक्ष महेश कुमार जाजुले बताउनु भयो ।

 

यसैगरी संघका पूर्व अध्यक्ष  पवन कुमार सारडाले अहिलेको तरलताको अभावसँगै बैंकको ब्याजबृद्धिले समग्र अर्थतन्त्र सिथिल हुन पुगेको छ । संघका तर्फवाट हामीले विगत देखि वर्तमान समयमा पनि ब्याजदर घटाउने उपायहरु सरकार र राष्ट्र बैंकलाई सुझाव सहित दिएतापनि अहिलेसम्म पनि त्यस प्रति कही कतैबाट कुनै सकारात्मक संकेत नआउनु, नदेखिनु सरकारको लाचारीपन देखिन्छ । कार्यक्रममा संघका अध्यक्ष नवीन रिजाल, निवर्तमान प्रकाश मून्दडा, पूर्व अध्यक्ष महेश जाजू पवन कुमार सारड लगायत संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।