२०८१ आश्विन ५ , शनिवार

३९ बिगाहा जग्गामा लगाईएको अवैध लागूऔषध अफिम खेती नष्ट

सुनाखरी न्युज/ मकवानपुर-

राक्सिराङ गाउँपालिका-४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका-५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अबैध लागूऔषध अफिम खेती फडानी गरी सोमबार प्रहरीले नष्ट गरेको छ ।

 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो । यसैगरी मकवानपुर, बकैया गाउँपालिका-६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाह जग्गामा लगाइएको अबैध लागुऔषध अफिम खेती आइतबार फडानि गरी प्रहरीले नष्ट गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।