२०८१ आश्विन १३ , आइतवार

तापक्रम बढ्दो मात्रामा रहेकाले सजग रहन मौसम विज्ञको आग्रह

सुनाखरी न्युज/ काठमाडौं –
नेपालमा पछिल्लो समयमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् । सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताए ।

 

जलवायु विज्ञ डा. उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्र पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गरे ।हिजोसम्मको अवस्थामा नेपालको ३९ वटा केन्द्रमा जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको छ। नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उनले जोड दिए ।

 

‘यो समयमा प्राय: हावाहुरी बढी चल्ने तातो हावा चल्ने तापक्रम ३० डिग्री ४० डिग्रीभन्दा माथिको अवस्थामा रहने हुँदा वातावरण पर्यावरण सुख्खा भइ आगलागी हुनसक्ने र कम पानी परेर प्रदुषणको मात्रा बढ्ने हुन्छ’, उनले भने, ‘एकैचोटी ठूलो वेगको हावा चल्ने हुँदा छाना उडाउने र रूखहरू ढल्ने हुँदा चोटपटक लाग्नसक्ने सम्भावना रहेको हुन्छ।’उनले बताए ।

 

उनले भने, ‘ यतिबेला हामी सचेत हुनुपर्ने हुन्छ । जस्तो चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गती २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ। उनले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सुचना दिनु आवश्यक रहेको बताए । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने उनले बताए ।