२०८१ आश्विन ६ , आइतवार

प्रधानमन्त्री देउवा र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटका बेला दुई देशबीचको सम्बन्ध र बिविध आयामहरुको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साउदी अरबका विदेशमन्त्री साउद दुई दिने भ्रमणमा हिजो नेपाल आइपुग्नुभएको हो ।

विदेशमन्त्री साउदले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नुहुनेछ ।