२०८१ आश्विन १३ , आइतवार

नवोदित कलेजमा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

सुनाखरी न्युज/ काठमाडौं ।

 

 

काठमाडौंको सामाखुशी स्थित नवोदित कलेजको आयोजनामा मंगलबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

 

कलेजको मानविकी तथा सामाजिक संकाय विभागले आयोजना गरेको सो कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी, अधिभावक एवं सर्वसाधारण ब्यक्तिहरुले रक्तादान गरेका थिए ।

 

 

कलेजको मानविकी तथा सामाजिक संकाय विभागले ”समाजिक कार्य दिवस”को अवसर पारेर सो कार्यक्रममको आयोजना गरेको हो ।

 

 

कलेजको मानविकी तथा सामाजिक संकाय विभागमा पत्रकारिता तथा आमसञ्चार र सामाजिक कार्य (सोसल वर्क) बिषयमा अध्ययन रत विद्यार्थी तथा शिक्षकको अनुवाइमा भएको सो कार्यक्रममा समाजका समाजिक कार्यको महत्वका बारेमा जानकारी गराइएको थियो ।

 

 

त्यसअघि सामाजिक कार्य दिवसको उद्घाटन सत्र सम्पन्न भएको थियो । त्यसक्रममा कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारी, भाइस प्रिन्सिपल जिवी अधिकारी लगायतले सामाजिक कार्यको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

 

 

त्यस अवसरमा कलेजका कोअर्डिनेटर कृष्णविलास अधिकारी, पत्रकारिता तथा आमसञ्चार विभाग प्रमूख शिव दुवाडी, सोसलवर्क विभागका प्रमूख सुदिप लामा तथा भिक्ट्री थापा, ब्यवस्थापन संकायका प्रमूख जागृत खनाल, नेपाली विभाग प्रमूख हरि आचार्य लगायत कलेजका शिक्षक, विद्यार्थी तथा अभिभावक लगायतको अपस्थिति थियो ।

 

 

सोही अवसरमा कलेजको मानविकी तथा सामाजिक संकाय (विएएसडब्लु) विभागको समेत उद्घाटन गरिएको थियो । सो विभागको कलेजका कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारी र भाइस प्रिन्सिपल जिवी अधिकारीले रिवन काटेर संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

 

 

त्यसक्रममा कलेजका कलेजको मानविकी तथा सामाजिक संकाय (विएएसडब्लु) विभाग अन्तर्गत पहिलो, दोस्रो र तेस्रो बर्षका विद्यार्थीहरुको सहभागित रहको थियो ।