२०८१ आश्विन १३ , आइतवार

म्यादी प्रहरीका लागि एक लाख जनाको भर्ना खुल्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि एक लाख जना म्यादी प्रहरी भर्ना गर्न विज्ञापन आहवान गरेको छ । प्रहरीको मानवस्रोत एवं प्रशासन विभागले म्यादी प्रहरीका लागि भर्ना आहवान गरेको हो ।

 

योग्यता पुगेका नेपाली नागरिकले आगामी चैत ६ गतेदेखि ११ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका महानगरीय प्रहरी परिसर तथा सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन प्रहरीले अपिल गरेको छ ।

 

म्यादी प्रहरीले प्रहरीका जवान सरह ४० दिनको ३० हजार २ सय ४०, खाद्यान्न ७ हजार २ सय र पोसाकका लागि ६ हजार पाउनेछन् । एक पटकका लागि तयारी खर्च एक हजार र बिमा सुविधा पनि रहेको छ ।