२०८१ आश्विन ५ , शनिवार

अन्धराष्ट्रबादका रबैया र श्रीलङकाको चरम आर्थिक सङ्कट चित्रण गर्दै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि किरण गिरी

सुनाखरी न्युज/ डोटी । डोटी जिल्लामा ” घर घर जाऔं , कांग्रेस जिताऔं ” बोगटान गाउ पालिका को कार्यक्रम लाई संबोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय नेता एबं केन्द्रीय प्रतिनिधि गिरीले भन्नुभएको छ :- सन् २०१९,अप्रिलमा सर्वप्रथम Sri-lanka तत्कालिन सरकारको प्रयासपछी अमेरिकाले श्री लङकाका लागि MCC कम्प्याक्ट सहयोग Approved गर्‍यो । त्यतिबेला श्री लङकाका रास्ट्रपति मइत्रीपाला सिरीसेना थिए। उनको सरकारले MCC लाई अघि बढाउने प्रकृया थाल्यो। श्री लङका र MCC बिच राजधानी कोलम्बोको भौतिक संरचना बिकास एवम शहरीकरणलाई व्यवस्थित गरने बारे सहमति भएको थियो।

 

त्यो समय चुनाबको थियो। हामी कँहा हाल चर्चा भएजस्तै MCC लाई लिएर सार्वभौमता र रास्ट्रिय सुरक्षाका अनेकौ कन्सपिरेसीहरू फैलाइए। त्यसको नितृत्व स्वयम राजापाक्षे दाजुभाईले लिए । MCC को पक्षमा तथ्यपुर्ण विचार राख्नेहरू देशद्रोही झैं लखेटिए । राजापाक्षेले नियन्त्रित ढङ्गबाट अघिल्लो सरकार र MCC लाई जोडेर मुलुकलाई रास्ट्रबाद र रास्ट्रघातको दुई कित्तामा विभक्त गराए। फलस्वरूप उनले चुनाब जिते र श्री लङकाको सम्पुर्ण राज्यशक्तीलाई पुर्ण आफ्नो नियन्त्रणमा लिए। त्यसपछी डा.सुर्यराज, डा. युवराज, भरत दाहाल जस्ता MCC बारे कन्सपिरेसी फैलाएर उनको चुनावी अभियानमा सहयोग गर्नेहरुलाई MCC बारे अध्ययन गर्न खटाए । अन्तत: सार्वभौमता र रास्ट्रिय सुरक्षाको हवाला दिदै MCC लाई खारेज गरे ।

 

विगत तिन बर्षमा श्री लङका सरकारलाई विदेशी दात्री निकायको अनुदान शुन्य बराबर नै छ। हाल श्री लङकाको अर्थतन्त्र लगभग कङगाल हुने अवस्थामा छ । कोभिड महामारी पस्चात बेरोजगारी ,गरिबि , महंङी ले श्री लङकालाई नराम्ररी थलाएको छ। बिस्व बैंकको पछिल्लो तथ्याङक अनुसार बिगत दुई बर्ष श्री लङकाको गरीबी ११.७% को दरले बढेको छ। र यो सबैभन्दा ज्यादा शहरी क्षेत्रमा रहेको छ। कुनै ठुलो पुर्वाधारको प्रोजेक्ट सन्चालन भएको छैन र भएका उद्योगहरू धमाधम बन्द हुदैछन।जसले लाखौ बेरोजगारीहरू बढेका छन। रास्ट्रबादको नारा बेचेर सत्ता हत्याएको राजापाक्षे परिवार लगभग निरिह जस्तै बनेको छ।

 

हाल नेपालको अवस्था त्यस्तै छ, यहाँ एकथरी बर्गका अगाडि MCC बारे छलफल गर्‍यो कि अमेरिकाले हवाई फायर गर्ने देखी चिन घेरने रणनिति भन्दै छोप्न आइहाल्छन।कम्याक्टको प्रकृयामा संलग्न भएकाहरु नै रास्ट्रबादको कुइरो भित्र मडारीदैछन ।तिनबर्ष अगाडि श्री लङकाका समाचार बहसहरू यस्तै हुन्थे। नतिजा श्री लङका आज यस्तो भयो। सायद कोभिड महामारी पस्चात MCC कम्प्याक्ट कार्यन्वयनमा गएको भए कम्तीमा यसले रोजगारका अवसर सिर्जना हुन्थ्यो र केहि हदसम्म यसले अर्थतन्त्रलाई बचान सक्दथ्यो नेपालको पोस्ट कोभिड Economic status हेर्दा र यहाँका बौद्विक अप भ्रसंकहरूको कन्सपिरेसी र उग्रवामपन्थी एबं उग्र दक्षिणपन्थी को रबैया र गतिविधि हेर्दा नेपाल लगभग दोस्रो श्री लङका हुने खतरा बढ्दै छ । नेपाली कांग्रेस र सचेत नेपाली जनता चनाखो रहनु जरुरी छ ।माथिल्लो रातो भागको अर्थ राजनीतिक क्रान्तिको प्रतीक अर्थात लोकतन्त्र प्राप्तिको लागी गरिने संघर्ष हो। बिचको सेतो भागको अर्थ शान्ति सद्भावना र समृद्धिको बिकास निर्माण हो । तल्लो रातो भागको अर्थ आर्थिक र सामाजिक क्रान्ति हो । ४ ताराको अर्थ राष्ट्रियता स्वतन्त्रता समानता र भातृत्व हो भन्ने नेपाली कांग्रेस को झण्डा को बारेमा बताउनुहुदै चुनावी अभियान का बरेमा बिस्तृत जानकारी दिनुहुदै कांग्रेस केन्द्रीय प्रतिनिधि किरण गिरी भन्नुहुन्छ :-

 

घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियान नेपाली कांग्रेस ।
१) अभियानको नाम : `घर-घर जाऔं, कांग्रेस जिताऔ, अभियान

२) अभियानको समयावधि : फागुन २९ देखि चैत २९ सम्म १ महिना

३) अभियानको उद्देश्य l एक अभियान / आठ उद्देश्य :
क) बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालार्इ अपील गर्दै निर्वाचनको माहौल बनाउने।
ख) स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने। कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने।
ग) `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने।
घ) नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने।
ङ) नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने।
च) प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने।
छ) नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने।
ज) राष्ट्रिय सहमति निर्माण गरी हालै सम्मको सबैभन्दा ठूलो सहयोग परियोजना MCC नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीको सुझवुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई वुँदागत रुपमा चिर्दै वास्तविक रुपमा राख्ने।

४) अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु
* अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु हुनेछ।

५) प्रतिनिधिहरुको दायित्व र जिम्मेवारी
केन्द्रीय प्रतिनिधिहरु अभियान शुरु हुनु २ दिन अघि जिल्लामा पुग्नुहुनेछ। अभियानको शुरु हुनु अघि र शुरु भए पश्चात वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्नुहुनेछ।

६) अभियानमा सात प्रदेश कार्यसमितिको भूमिका
संघीय संरचना निर्माण पश्चातको यो प्रथम अभियान प्रभावकारी रुपले सफल बनाउन पार्टीको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
सो क्रममा…
क) केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण।
ख) सम्पूर्ण कार्यक्रमको कार्यान्वयनका लागि आवश्यक जिम्मेवारी बाँडफाँड।
ग) अभियानका कार्यक्रमहरु व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय।
घ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो प्रदेश भित्र `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा।
ङ) आफ्नो प्रदेश भित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने।

७) अभियानमा जिल्ला कार्यसमितिको भूमिका
क) अभियान शुरु हुनु भन्दा कम्तीमा २ दिन अघि जिल्ला समितिको बैठक सम्पन्न गरेर अभियानका सबै कार्यक्रम केन्द्रित कार्ययोजना तय गर्ने।
ख) जिल्लाभरका सबै वडामा खटिने प्रतिनिधि या प्रतिनिधि टोली तय गर्ने।
ग) अभियानको जिल्ला स्तरीय केन्द्रीकृत उद्घाटन समारोह आयोजना गर्ने।
घ) अभियानलाई सफल बनाउन आफु अन्तर्गतका तह एवं भ्रातृ एवं शुभेच्छुक संस्थाहरु परिचालन गर्ने।
ङ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो जिल्ला भित्र `घरघर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा गर्ने।

८) अभियानमा प्रतिनिधि सभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिको भूमिका
क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने।
ख) आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरक-फरक वडामा परिचालन गर्ने।

९) अभियानमा पालिका समितिहरुको भूमिका
क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने।
ख) `स्थानीय घोषणापत्र निर्माण समिति´ गठन गरेर अविलम्ब कार्य प्रारम्भ गर्ने l समितिमा पार्टी निकट शिक्षक, प्राध्यापक, वकिल, पत्रकार लगायतको बौद्धिक क्षेत्रको पनि सहभागिता गराउने।
ग) समिति मार्फत `घोषणा पत्र निर्माण संवाद´ कार्यक्रम आयोजना गरेर स्थानीय बासिको भावना समाहित गर्ने।
घ) वडा तह हुँदै टोलसम्म अभियान प्रभावकारी बनाउँदै, स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप ब्यापक कार्य विभाजन गर्ने।
ङ) अभियानका हरेक गतिविधिको सामाजिक संजाल र स्थानीय संचार माध्यम मार्फत व्यापक प्रचार गर्ने l त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने।

१०) अभियानको उद्घाटन केन्द्रीकृत, कार्यक्रम विकेन्द्रीत
क) ७७ जिल्लामा एकै दिन, एकै समयमा १.०० बजे, एकसाथ, जिल्ला स्तरीय रूपमा उद्घाटन समारोह हुनेछ।
ख) उद्घाटन समारोह मार्फत अभियानको उध्येश्य, समयावधि र कार्यक्रमको स्वरुप बारे जानकारी गराइनेछ।
ग) उद्घाटन समारोहमा वडा तहमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिनेछ। (वडामा जिल्ला प्रतिनिधिका रूपमा पार्टीको नेतृत्वदायी तहमा रहेका साथीहरू खटिनुहुनेछ)
घ) स्थानीय स्थिति र आवश्यकता अनुरुपको संख्यामा प्रतिनिधि टोलि जिल्ला समितिको निर्णय अनुरुप वडामा खटिने छ।

११) कार्यक्रमको निर्धारित क्षेत्र
* जिल्ला स्तरीय उद्घाटन समारोह पश्चात सम्पूर्ण कार्यक्रम स्थानीय तह, त्यसमा पनि मूलत वडा र टोल केन्द्रित हुनेछन्।

१२) अभियानको एक पाटो स्थानीय समितिहरुको आन्तरिक संरचनालाई पूर्णता
क) सबै पालिका समितिले अभियानको समयावधिभित्र `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप (कार्यसम्पादन, विभाग लगायत परिपत्रमा उल्लेखित एवं अन्य आवश्यक) कार्य विभाजन सम्पन्न गर्नेछन्।
ख) अधिवेशनबाट गठन भएको वडा समितिले अभियानको समयावधि भित्र (कार्यसम्पादन, विभाग लगायत) आफ्नो समितिको पूर्ण संरचना निर्माण गर्नेछन्।
ग) गठन गर्न बाँकी टोल समिति अभियान प्रारम्भ भएको दोस्रो साताभित्र अनिवार्य गठन गरिनेछन्।
घ) गठित टोल समिति अन्तर्गतको अन्य संरचना दोस्रो साताभित्रै गठन गरिनेछन्।
ङ) अभियानको निर्धारित सबै कार्यक्रमका लागि वडा समितिले आफ्नो सहजता र कार्यक्रमको प्रकृति अनुरुप पालिका समितिसँग समन्वय गरेर स्थानीय मिति तय गर्नेछन्।

१३) अभियानको अनुगमन
अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ति समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पस्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन्।

१४) वडा र पालिका तहमा सम्पन्न हुने कार्यक्रमहरु
सम्बन्धित समितिले `टाइ सिट´ निर्माण गरेर फरकफरक दिनमा यी कार्य प्रभावकारी रुपले सम्पादन गर्नेछन्।
१४.१) स्थानीय निर्वाचन प्रचार, परिचालन र घोषणापत्र मस्यौदा लगायतका समितिहरु गठन
१४.२) स्थानीय स्थिति अनुरुपको चुनावी रणनीति निर्माण
१४.३) स्थानीय घोषणापत्र निर्माण गर्न नागरिक पंक्तिसँग सार्वजनिक संवाद (घोषणा पत्र मस्यौदा समिति)
१४.४) जनतासँग `विकास संवाद´ अन्तर्गत जन अपेक्षा र आवश्यकता अनुरुपको बाटो, कल्भर्ट, कज्वे, तटबन्ध या अन्य कुनैपनि स्थानीय विकासको बिषयमा स्थलगत रूपमा संवाद।
१४.५) FTVT Program
(First Time Voter Training Program) (पार्टी + नेविसंघ + पार्टीका शुभेच्छुक बौद्धिक संस्थाहरु)
१४.६) `जन अपेक्षाको स्थानीय तह कस्तो ?´
पहिलो पटकका मतदाताको दृस्ठिकोण, भावना र सुझाव संकलन।
१४.७) आफ्नो पालिका या वडा क्षेत्र भित्र कुनै पनि सामाजिक विसंगतिका घटना छन् भने त्यसको पहिचान गरेर त्यस विरुद्ध जनचेतना देखि खबरदारीसम्मका कार्यमा पार्टी पंक्तिलाई नियमित सकृय तुल्याउने।
१४.८) `ज्येष्ठ नागरिक सम्मान´ देखि `कर्म सम्मान कार्यक्रम´सम्म
समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्दमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान।
१४.९) कांग्रेसलाई `जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्´, नागरिक पंक्तिबाट सुझाव
लिने।
१४.१०) MCC भ्रम निवारण र वास्तविकता प्रशारणका लागि प्रशिक्षणात्मक कार्यक्रम संचालन गर्ने। (पार्टी + प्राध्यापक संघ, ट्रेड युनियन, शिक्षक संघ, डिएलए, प्रेस युनियन)
१४.११) मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने।
१४.१२) निर्वाचन प्रचार अभियानलाई तोकिएको आचारसंहिता बाहिर जान नदिने गरि, पार्टी पंक्ति र जनता समक्ष पनि आचारसंहिताबारे विस्तारित रुपमा सुसूचित गर्ने।
१४.१३) निर्वाचनमा पार्टीका उम्मेदवारहरुको प्रचार अभियान एवं मतदानका दिनको बुथ व्यवस्थापन समेत दृस्टिगत गरेर अभियानको अवधिमै चुनाव केन्द्रित `वन बुथ हन्ड्रेड युथ´ को अवधारणा बमोजिम स्वयंसेवक संरचना निर्माण गर्ने। त्यस्तो संरचना निर्माणको नेतृत्व वडा समितिले गर्नेछ भने, संरचनामा सबै टोलको अनिवार्य प्रतिनिधित्व गराउने।
१४.१४) मतदाता शिक्षा : मतदाताकै घर आँगनमा
(पार्टी + महिला संघ + शिक्षक संघ)
(पालिका र वडाका कार्यक्रम वडाको भूगोल, जनसंख्या, स्थिति र आवश्यकता अनुरुप वडा हुंदै टोल र टोल हुँदै घर-घर सम्म विस्तारित हुनेछ)

१५) अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरुको भूमिका
क) केन्द्रीय समिति कृयाशिल रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरुले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने।
ख) केहि भ्रातृ संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ति संघ अन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने।
ग) भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने।

१६) अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिहरुको भूमिका
क) सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने।
ख) समिति अन्तर्गत स्थानीय तह संरचनाको राजधानी सम्पर्क विस्तार गर्ने।
ग ) राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिक बीच सम्पर्कमा पुग्ने।

१७) अभियानमा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुको जिम्मेवारी
क) विदेश स्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई मातृभूमिमा हुन लागेको स्थानीय चुनावमा आ-आफ्नो स्थानीय तहमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सकृय बनाउने उधेध्य ” घर घर जाऔं ,🌳कांग्रेस जिताऔ 🌳कार्यक्रम को लक्ष्य रहेको जानकारी समेत नेपाली कांग्रेस का केन्द्रीय नेता एबं केन्द्रीय प्रतिनिधि किरण गिरीले दिनुभएको छ ।