२०८१ मंसिर ९ , आइतवार

विरामीको पेटबाट निकालियो सिक्री र  पेटीको बक्कल 

सुनाखरी न्युज/ विराटनगर –

 

विराटनगर नोबेल मेडिकल कलेजका चिकित्सकले एक विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालेका छन् । भोजपुरको भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो ।

 

उनका पारिवारिक स्रोतका अनुसार ती युवकले आत्महत्या प्रयास गर्ने क्रममा कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । बक्कल भने खाना नलीमा अड्किएको र सिक्री आमाशयमा पुगेको थियो ।

 

नोबेलका शल्य चिकित्सक डा. ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बक्कल विरामीको मुखबाट र सिक्री दिसा नलीबाट निकालेको दाहालले बताए । उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि डिस्चार्ज गरिएको नोबेल अस्पतालले जानकारी दिएको छ ।