२०८१ आश्विन ६ , आइतवार

नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ ।

 

कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार रिट खारेज गर्ने फैसला सुनाएको छ ।

 

पूर्ववर्ती केपी शर्मा ओली सरकारले ९ जेठ २०७८ मा नागरिकता आध्यादेश ल्याएको थियो ।अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्चले नै २७ जेठमा अध्यादेश कार्यान्वयन गर्न रोक लगाएको थियो ।