२०८१ आश्विन ५ , शनिवार

पोल्यान्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी

सुनाखरी न्युज/ काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन् ।

 

आज बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् ।

 

कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनौट हुन सकिनन् ।