२०८१ पुष ८ , सोमवार

मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/झापा । मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ३ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-४ बस्ने ४४ वर्षीया सिता केरुङ सम्बाहाम्फे, ५० वर्षीय ईन्द्र सम्बाहाम्फे र ४३ वर्षीय हंशराज केरुङ रहेका छन् । सर्वोच्च अदालतको २०७४ असार २८ गतेको फैसला अनुसार उक्त मुद्दामा उनीहरूलाई जनही ७ वर्ष ६ महिना कैद तथा १ लाख रुपैयाँ जरिवाना र पीडितलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भएको थियो ।

 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने कार्य भइरहेको छ ।